‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’को तयारी « Khabarhub

‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’को तयारी


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वुमेन्स एरा एण्ड मिडिया ग्रुपको आयोजनामा ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’को दोस्रो संस्करण हुने भएको छ । अवार्डका लागि आयोजकले आवदेन आव्हान गरेका छन् । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गरिएको अवार्डका लागि आवेदन आव्हान गरिएको हो ।

अवार्ड संयोजक गीता अधिकारीका अनुसार आगामी माघको दोस्रो साता हुने अवार्डका लागि मंसिर १० गतेबाट आवेदन फारम खुला गरिएको छ । अवार्डमा राष्ट्रिय भावका गीतसँगै पप, फिल्मी गीत, लोकदोहोरी, आधुनिक, बालगीत, डायस्पोरा र रिमिक्सलाई समावेश गरिएको छ ।

आयोजक संस्थाका अध्यक्ष गणेश सुवेदीले अवार्डमा साहित्य विधातर्फ पनि अवार्ड प्रदान गरिने बताए । उनका अनुसार सन् २०२१ जनवरी १ देखि २०२१ डिसेम्बर ३० सम्म (एक वर्ष भित्रमा) बजारमा आएका उत्कृष्ट कथा, उपन्यास, निवन्ध, र नियात्रालाई अवार्ड प्रदान गरिने छ ।

आयोजक समितिका निर्देशक भीष्मराज फुलाराले यही अंग्रेजी वर्ष भित्रमा बजारमा आएका गीत तथा भिडियोहरूलाई अवार्डमा समावेश गरिने उल्लेख गर्दै गीत तथा सिर्जनाहरू दर्ता गर्नको लागि आवेदनको अन्तिम म्याद पौष २५गते सम्मको लागि निर्धारण गरिएको बताए ।

अवार्डमा लाईफ टाइम अचिभमेन्ट अवार्ड, संगीतकर्मी विशेष सम्मान र पत्रकारिता सम्मान पनि प्रदान गरिनेछ ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १२ : ५७ बजे

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको