रक्तचन्दन तेलको अवैध कारोबार « Khabarhub

रक्तचन्दन तेलको अवैध कारोबार


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रक्तचन्दनको तेलको अबैध कारोबारमा संलग्न रहेको अभियोगमा १० जनालाई ३३ लिटर रक्तचन्दनको सुगन्धित तेल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौँ बानियाटार बस्ने सिन्धुली हरिहरपुर गाउँपालिका ४ घर भएका ५० वर्षीय हेम कुमार श्रेष्ठ, ललितपुर सानुगाउँ बस्ने मकवानपुर गढी गाउँपालिका १ घर भएका नवीन भन्ने ३९ वर्षीय मंगल सिंह लो, काठमाडौँ टोखा नगरपालिका ४ बस्ने ३७ वर्षीय ईक्रम श्रेष्ठ, भक्तपुर दुवाकोट बस्ने काभ्रे बनेपा नगरपालिका ४ घर भएका ३१ वर्षीय कार्साङ्ग लामा, काठमाडौँ महाराजगंज बस्ने खोटाङ हलेसी नगरपालिका ६ घर भएका २३ वर्षीय घनश्याम आले मगर, काठमाडौँ महानगरपालिका ८ तिलगंगा बस्ने ५१ वर्षीय मदन पोडे, काठमाडौँ चावहिल बस्ने खोटाङ हलेसी नगरपालिका ९ घर भएका २० वर्षीय जीवन थापा, काठमाडौँ सामाखुसी बस्ने तनँहु भानू नगरपालिका ६ घर भएका २५ वर्षीय सुदिप थडराई, काठमाडौँ महानगरपालिका १३ छाउनी घर भएका ५३ वर्षीय अनिल चरण श्रेष्ठ र सोही ठाउँ घर भएका ५१ वर्षीय अनुप कुमार श्रेष्ठ रहेका छन् ।

काठमाडौँ महानगरपालिका ८ तिलगंगामा रक्तचन्दनको तेल प्रति लिटर ५ लाख रुपैयाँको दरले अबैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त तेल सहित पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय हात्तीसार काठमाडौँमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ५ : ४५ बजे

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा