आफ्नै कार्यकर्ताका कारण जाममा फसे केपी ओली « Khabarhub

आफ्नै कार्यकर्ताका कारण जाममा फसे केपी ओली


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– १०औं महाधिवेशनबाट होटल फर्कने क्रममा एमाले अध्यक्ष केपी ओली जाममा फसेका छन् । महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारबाट होटल फर्कनेक्रममा उनी टिकौलीमा जाममा फसेका छन् ।

उनी चढेको गाडी जाममा परेपछि जाम खुलाउन धौ–धौ भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिए ।

शुक्रबार दिनभरजसो जाम भएपछि कतिपय एमाले कार्यकर्ताहरु हिँडेर महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनार पुगेका थिए । टिकौली जंगल नारायणी नदी किनारबाट करिब चार किमी पूर्वतर्फ पर्छ ।

महाधिवेशनमा सहभागी हुन आएका नेता कार्यकर्ता एकसाथ उद्घाटनस्थलवाट निस्किएका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । जामकै कारण उद्घाटन समारोहमा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीपनि ढीला गरी पुगेका थिए ।

 

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ६ : २५ बजे

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय