सर्लाहीमा ४६ प्रतिशतले लगाए कोरोनाविरुद्ध खोपको पूर्णमात्रा « Khabarhub

सर्लाहीमा ४६ प्रतिशतले लगाए कोरोनाविरुद्ध खोपको पूर्णमात्रा


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाउने सर्लाहीमा ४६.२६ प्रतिशत पुगेका छन् ।

शुक्रबारसम्म जिल्लामा ४६.२६ प्रतिशत अर्थात् २ लाख ४१ हजार जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार ३० हजार नागरिकले पहिलो मात्रा खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डाक्टर नवल किशोर झाले पहिलो मात्रा खोप लगाएकाहरू अहिले धमाधम दोस्रो मात्रा खोप लगाइरहेको बताएका छन् । आइतबारसम्म उनीहरू सबैले पूर्णमात्रा खोप लगाई सक्ने उनको भनाइ छ ।

जिल्लामा १८ वर्षमाथिका खोप लगाउने उमेरका झण्डै ५ लाख २१ हजार नागरिक रहेको स्वास्थ्य कार्यालय सर्लाहीको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार जिल्लामा अझै २ लाख ५० हजारको हाराहारीमा कोरोना खोप लगाउन बाँकी रहेको डाक्टर झाको भनाइ छ ।

जिल्लामा उपलब्धताको आधारमा प्राप्त खोप प्राथमिकताको आधारमा लगाउने गरिएको उनले बताए । यस पहिले खोप लगाउने लक्षित समूहका कारण आफूहरूले सोचेको लक्ष्य पुरा नभएको उनले सुनाए । दोस्रो लहर सुरुभएदेखि आजसम्म सर्लाहीमा कोरोना संक्रमणका कारण ८८ जनाले ज्यान गुमाएका छन् ।

यस्तै जिल्लामा हालसम्म कोरोना संक्रमित हुने संख्या २५ सय २० पुगेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ । तर, अहिले जिल्लामा कोही पनि संक्रमित नरहेको स्वास्थ्य कार्यालय प्रमुख डाक्टर झाले जनकारी दिए । कोरोना संक्रमितको उपचारको लागि जिल्लामा ४ सय २१ बेड क्षमताको १४ स्थानमा आइसोलेसन सेन्टर निर्माण गरिएको थियो ।

अब प्राप्त हुने खोप स्वास्थ्य मन्त्रालयको निर्देशन बमोजिम १८ वर्ष माथिका सबैलाई लगाइने स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । आफूहरू खोपको पर्खाइमा रहेको उनले बताए ।

सुरुमा खोपप्रति नकारात्मक दृष्टिकोणका कारण खोप लगाउन आनाकानी गरेका लाभग्राहीको अहिले खोपप्रति आकर्षित भएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा कोरोना संक्रमणको दोस्रो लहरपछि खोपप्रति लाभग्राहीको आकर्षण ह्वातै बढेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ८ : २० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र