धनुषा कांग्रेस : सात प्रदेश क्षेत्रको नेतृत्व चयन « Khabarhub

धनुषा कांग्रेस : सात प्रदेश क्षेत्रको नेतृत्व चयन


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

धनुषा– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत धनुषाको आठ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये सात क्षेत्रमा नेतृत्व चयन भएको छ ।

धनुषाका ७ क्षेत्रमध्ये ६ प्रदेशसभा निर्वाचन क्षेत्रमा सहमतिमा नेतृत्व चयन भएको नेपाली कांग्रेस धनुषाका सभापति महेशशङकर गिरीले जानकारी दिए । क्षेत्र नम्बर १ (क) मा जगतसुन्दर साह र क्षेत्र नम्बर १ (ख) मा ऋषि लामा प्रदेश क्षेत्रीय सभापतिमा निर्वाचित भए।

क्षेत्र १ (क) मा सहमतिमै नेतृत्व चयन भए पनि १ (ख) मा सहमति नजुटेपछि निर्वाचन प्रक्रियाबाट क्षेत्रीय सभापतिमा लामा २२५ मत प्राप्त गरी विजयी भए । ने उनका प्रतिद्वन्द्वी मदन यादवले ७५ प्राप्त गरे ।

धनुषा निर्वाचन क्षेत्र नम्बर २ (क) मा पनि सहमतिमै नेतृत्व चयन भएको छ । उक्त क्षेत्रमा सुजित साह सभापतिमा निर्वाचित भए । क्षेत्र नम्बर २ (ख) मा सहमतिको प्रयास जारी रहेको र सहमति जुट्न नसके मतदान प्रक्रियामा जाने तयारी भएको धनुषा सभापति गिरीले बताए ।

धनुषा ३ को दुवै निर्वाचन क्षेत्रमा पनि सहमति मै नेतृत्व चयन भएको छ । निर्वाचन क्षेत्र नम्बर ३ (क) मा छेदी राउत र ३ (ख) मा रामचन्द्र पजियार प्रदेशसभा क्षेत्रीय सभापतिमा निर्वाचित भए।

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा पनि सहमति मै नेतृत्व चयन भएको छ । निर्वाचन क्षेत्र नम्बर ४ (क) मा योगनारायण यादव र ४ (ख) मा बासुदेव पौडेल प्रदेशसभा क्षेत्रीय सभापतिमा निर्वाचित भए । प्रदेशसभा क्षेत्रीय अधिवेशन सकिएसँगै मंसिर १२ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने तयारी रहेको जिल्ला निर्वाचन सचिवालय प्रमुख रामगुलाम कर्णले जानकारी दिए । धनुषामा चारवटा निर्वाचन क्षेत्र छन् । रासस

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १० : ३० बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको