आलु र स्याउ तासेर खानुहुन्छ ? बोक्रामा छ पाइन्छ पोषण « Khabarhub

आलु र स्याउ तासेर खानुहुन्छ ? बोक्रामा छ पाइन्छ पोषण


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै मानिस फलफूल तथा तरकारी खाँदा बोक्रा खान मन पराउँदैनन् । गुदीको तुलनामा बोक्रा बेस्वादिलो हुने, खान मन नलाग्ने उनीहरुको तर्क रहन्छ । तर फलफूल र तरकारीका बोक्रामा पनि शरीरलाई फाइदा दिने भिटामिन लगायतका तत्वहरु हुन्छन् । कतिपय फलफूल र तरकारीमा गुदीमा भन्दा बोक्रामा बढी भिटामिन, मिनिरल पाइन्छ ।

स्याउ

स्याउको गुदी नरम, मीठो हुन्छ तर बोक्रा कडा, टर्रो, अमिलो, चपाउन गाह्रो हुन्छ । त्यसैले धेरैले स्याउ बोक्रासँगै खानुको साटो तासेर खान्छन्। तर स्याउको गुदीको तुलनामा बोक्रामा ३३२ प्रतिशत बढी भिटामिन के, १४२ प्रतिशत बढी भिटामिन ए, ११५ प्रतिशत बढी भिटामिन सी, २० प्रतिशत बढी क्याल्सियम र १९ प्रतिशतभन्दा बढी पोटासियम पाइन्छ । बोक्रा तासेर फ्याल्दा धेरै भिटामिन तथा पोषक तत्व जान्छ ।

आलु

बोक्रासहित उसिनेको आलुमा बोक्रा फ्याँकेको आलुको तुलनामा १७५ प्रतिशत बढी भिटामिन सी, ११५ प्रतिशत बढी पोटासियम, १११ प्रतिशत बढी फोलिक एसिड र ११० प्रतिशत बढी म्याग्नेसियम तथा फस्फोरस पाइन्छ । बोक्रा तासेर उसिनेको आलु खाँदा उपयोगी भिटामिन तथा पोषक तत्त्व पनि गुम्छ ।

 

 

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ६ : ५४ बजे

सिपाही–सेलिब्रेटी बनेका प्रशान्तको बलिउड सपना अधुरै

काठमाडौं- प्रशान्त तामाङ (४ जनवरी १९८३ – ११ जनवरी २०२६) भारतमा जन्मिएका

मेचीनगरमा प्रथम भाक्का उत्सव

झापा‍– मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भाक्का पिठ्ठा उत्सव

तनहुँमा बीभत्स अवस्थामा भेटिए तीन शव, एक जनाको सनाखत

दमौली– शनिबारको बिहान करिब ९ः३० बज्दै थियो । शान्त देखिने

सम्भावित अमेरिकी आक्रमणविरुद्ध इरानले दियो चेतावनी

दुबई- इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध प्रदर्शनका नाममा सैन्य

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका