प्रधानमन्त्री देउवाले भने, ‘ज्येष्ठ नागरिकलाई थप सामाजिक सुरक्षाका कार्यक्रम ल्याउँछौ’ « Khabarhub

प्रधानमन्त्री देउवाले भने, ‘ज्येष्ठ नागरिकलाई थप सामाजिक सुरक्षाका कार्यक्रम ल्याउँछौ’


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक समाजको अग्रज मात्रै नभई मार्गदर्शक व्यक्तित्व, प्रेरणाको स्रोत र गौरवको प्रतीक हुन् भन्ने वास्तविकतालाई दृष्टिगत गरी उनीहरुप्रति सम्मान गर्नुपर्ने बताएका छन् ।

ज्येष्ठ नागरिक दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले जीवनको उत्तरार्धमा सम्मान गर्दै पालनपोषण र संरक्षणको उचित व्यवस्थापन गर्नु हामी सबैको कर्तव्य भएको बताए । प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “ज्येष्ठ नागरिकको मानवअधिकार संरक्षण, आर्थिक र सामाजिक सुरक्षा तथा उनीहरुका लागि सम्मानित र सुरक्षित जीवनयापन गर्नु अनुकूल वातावरणको सिर्जना गर्नुपर्ने दायित्व सरकारको मात्र नभई परिवार र समाज सबैको हो ।’

उनले उपलब्ध स्रोत तथा साधनको अधिकतम सदुपयोग गरी ज्येष्ठ नागरिकलाई सुखी, सम्मानित एवं सुरक्षित तुल्याउन थप सामाजिक सुरक्षाका कार्यक्रम कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ यस वर्ष विविध कार्यक्रमसहित ज्येष्ठ नागरिक दिवस मनाउन लागिएको हो । ‘दिनप्रतिनिदिन बढ्दै गएको ज्येष्ठ नागरिकको सङ्ख्यालाई उचित व्यवस्थापन गरी उनीहरुको जीवनयापनलाई सहज र सम्मानित बनाउने साझा दायित्व हामी सबैको हो’, सन्देशमा उनले भनेका छन्, ‘ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राज्यले उचित ठाउँमा सदुपयोग गर्दै त्यसलाई नयाँ पिँढीमा हस्तान्तरण एवं पुस्तान्तरण गर्नु जरुरी छ ।’

प्रधानमन्त्री देउवाले परापूर्वकालदेखि चल्दै आएको ‘मातृदेवो भवः पितृदेवो भवः’ भन्ने हाम्रो संस्कारअनुसार आफूभन्दा ठूलालाई देवता समान सम्मान र आदर गर्ने व्यवहारलाई अक्षुण राख्नु हामी सबैको कर्तव्य भएको बताउँदै ज्येष्ठ नागरिक दिवसको अवसरमा समस्त ज्येष्ठ नागरिकमा शुभकामना व्यक्त गरेका छन् ।

सरकारले हरेक वर्षको पुस ११ गतेलाई ज्येष्ठ नागरिक दिवसको रुपमा मनाउने निर्णय गरेको छ । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता प्रदान गर्ने घोषणा गरेको ऐतिहासिक दिनको स्मरणमा यो दिवस मनाउन लागिएको हो ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ६ : २३ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक