क्षयरोग नियन्त्रणमा लगानी बढाउन माग | Khabarhub Khabarhub

क्षयरोग नियन्त्रणमा लगानी बढाउन माग


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमा क्षयरोगबाट मृत्यु हुनेको सङ्ख्या बर्षेनी बृद्धि भइरहेको छ । तथ्यांकअनुसार हरेक वर्ष नेपालमा ६८ हजार क्षयरोगी भेटिने र तीमध्ये १७ हजार अकालमा मृत्यु हुने गर्दछ ।

बागलुङ स्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले भने ‘मृत्यु हुनेसँगै भेदभाव र लाञ्छनाले रोगीको सिंगो परिवार, समाज बढी चिन्तित र कमजोर बन्ने गरेका छन् ।’ उनका अनुसार पछिल्लो समय क्षयरोग नियन्त्रणमा सरकारको लगानीवृद्धि भएको छैन । उनले जिल्लाको बडिगाड गाउँपालिका बढी प्रभावित भएको जानकारी दिएका छन् ।

क्षयरोग भएकालाई कोरोना सङ्क्रमण, एचआइभी तथा अन्य सङ्क्रामक रोगको बढी समस्या हुने बताइएको छ । स्वास्थ्य कार्यालयद्वारा हालै आयोजित ‘लाञ्छना तथा भेदभावविरुद्धको अभियानसम्बन्धी अभिमूखिकरण कार्यक्रम’मा कार्यपत्र प्रस्तुत गर्दै क्षयकुष्ठ निरीक्षक घिमिरेले क्षयरोगमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिए। नेपालका कुल सङ्क्रमितमध्ये झन्डै ३७ प्रतिशतमा कुनै न कुनै रुपमा क्षयरोग सुषुप्त रुपमा रहेको उनले बताए ।

एचआइभी सङ्क्रमणको अवस्था पनि डरलाग्दो रहेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले बताए । ‘क्षयरोग जस्तै एचआइभीको जोखिम पनि बढी छ’, उनले भने, ‘एचआइभी संक्रमण कम गर्न आप्रवासी कामदारको परिवार, लागूपदार्थ सेवनकर्ता र यौनकर्मीहरुमा बढी लगानी गर्नुपर्ने भएको छ ।’ उनले असुरक्षित यौन सम्पर्क र लागुपदार्थ सेवनकर्तामा ध्यान दिन सकेमा यो रोगबाट बच्न सकिने बताए । उनका अनुसार जिल्लामा पछिल्लो समय एउटै सुई प्रयोग गरेर लागुपदार्थ सेवनकर्ताबाट बढी सङक्रमण देखिएको छ ।

रोकथामका उपायसँगै भेदभाव र लाञ्छना हुन नदिन पनि भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । कोरोना सङ्क्रमण भएको व्यक्ति रोगले भन्दा लाञ्छनाले बढी कमजोर भएको अध्ययनले देखाएको कार्यालयका प्रमुख गुरौंले बताए। सबै सङ्क्रमणको उपचार र पूर्व तयारी सम्भव हुने जनाउँदै लाञ्छना हटाउन सामाजिक अभियान सञ्चालन आवश्यक रहेका बताए ।

कार्यक्रममा राष्ट्रिय एचआइभी तथा एड्स महासंघका कार्यक्रम अधिकृत सिर्जना थापाले नियमित परीक्षण, स्वास्थ्य शिविर सञ्चालन गरेर तथा निरन्तरको चासोबाट एड्स रोग अन्त्य गर्न सकिने बताइन् ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ७ : ०८ बजे

कोशी प्रदेशसभामा पनि उठ्यो उपसभामुख रानाविरुद्धको महाअभियोगको प्रसंग 

विराटनगर– उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाअभियोग लगाउने प्रयास भएको विषय

उपसभामुखमात्रै होइन, कोशीका सभामुख पनि हटाउने तयारीमा कांग्रेस–एमाले

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले संघीय संसद्को

नख्खुबाट प्रचण्डसँग रविको गुनासो : भैरहवा कारागारमा गोलघरमा जस्तै राखे

काठमाडौँ–   सहकारी ठगी प्रकरणमा हाल ललितपुरको नख्खु कारागारमा रहेका

देउवाले भने- जनताले विश्वास गरेकैले यहाँसम्म आइपुगेँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले विश्वास गरेका कारण