प्रदेश नं २ को प्रदेशसभा बैठक दिउँसो १ बजे बस्दै | Khabarhub Khabarhub

प्रदेश नं २ को प्रदेशसभा बैठक दिउँसो १ बजे बस्दै


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर – प्रदेश नं २ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

आज बस्ने बैठकमा प्रदेश सरकारले प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश, २०७८ पेश गर्ने कार्यसूची रहेको छ ।

प्रदेश सरकारका तर्फबाट सामाजिक विकासमन्त्री नवलकिशोर साहले उक्त अध्यादेश पेश गर्ने कार्ययूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यस्तै प्रदेश सरकारले ल्याउने सो अध्यादेशविरुद्ध प्रतिपक्षी दल लोकतान्त्रिक समजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले अध्यादेश अस्वीकृत गर्नेसम्बन्धी प्रस्ताव पेश गर्नुहुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

यसअघि गत बिहीबार बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारले ल्याएको प्रदेश कृषि विश्वविद्यालय अध्यादेश, २०७८ स्वीकृत गरेको थियो ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  १२ : ०२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन