म्यानमारमा हत्यापछि जलाइएको अवस्थामा ३० शव फेला « Khabarhub

म्यानमारमा हत्यापछि जलाइएको अवस्थामा ३० शव फेला


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्यानमारको द्वन्द्वग्रस्त कायाह राज्यमा हत्यापछि आधा जलेको अवस्थामा ३० जना मानिसको शव भेटिएको विवरण सार्वजनिक भएको छ ।

मृत्यु हुनेहरुमा महिला, बृद्धबद्धा र बालबालिकासमेत रहेको स्थानीय वासिन्दा र मानवअधिकारबादी समूहले जनाएका छन् । म्यानमारको द्वन्द्वका क्रममा आन्तरिक रुपमा विस्थापित व्यक्तिहरुलाई मो सो गाउँनजिक सेनाले हत्या गरी जलाएको स्थानीय मानवअधिवादी समूह कारेन्नीले जनाएको छ ।

‘हामीले अमानवीय र पाशविक हत्याको कडा शब्दमा निन्दा गर्छौं, पछिल्लो घटनाले मानवअधिकारको गम्भीर उल्लंघन भएको देखिन्छ, ’ समूहले भनेको छ ।

सरकार विरोधी सशस्त्र फौजको हतियार खोसेर केही अतिवादीलाई गोली हानी हत्या गरेको म्यानमारको सेनाले जनाएको छ । ती व्यक्तिहरुलाई सात ओटा गाडीमा ओसारेर हत्या गरिएको स्थानमा लगिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

स्थानीय र मानवअधिकारवादी समूहले सार्वजनिक गरेको तस्विरमा आधाभन्दा बढी जलेका ३० ओटा शव देखिन्छन् । जलाइएको शव आफ्ना कार्यकर्ताहरुको नभएको कारेन्नी नेसनल डिफेन्स फोर्सले जनाएको छ । सो फोर्सले म्यानमारको जुन्ता सरकारको विरोध गदैै आएको छ ।

‘आधा जलेको शवको थुप्रो देख्दा हामी आश्चर्य परेका छौं,’ फौजका एक कमान्डरले भने ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  १२ : २० बजे

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको