जबर्जस्ती करणीको आरोपमा किशोर पक्राउ « Khabarhub

जबर्जस्ती करणीको आरोपमा किशोर पक्राउ


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी-  बर्दिबास नगपालिका-९, पशुपतिनगरबाट १४ बर्षीय एक किशोरलाई प्रहरीले जबर्जस्ती करणीको आरोपमा पक्राउ गरेको छ ।

सोही ठाउँकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको मौखिक उजुरीको आधारमा वडा नम्बर ७  मनहरीपुरका किशोरलाई आज पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

घाँस काट्ने क्रममा  बालिकालाई करणी गर्न खोजेको परिवारको  आरोप छ । तर अहिलेसम्म पीडित पक्षले लिखित जाहेरी भने दिएको छैन । जाहेरी प्राप्त नभएसम्म आरोपित किशोरको पहिचान खुलाउन नमिल्ने प्रहरीको भनाइ छ ।

किशोरलाई  इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको छ । जाहेरी प्राप्त भएपछि थप अनुसन्धान अगाडि बढाउने इलाका प्रहरी कार्यालय गौरीडाडाले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  २ : ३० बजे

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत