जबर्जस्ती करणीको आरोपमा किशोर पक्राउ « Khabarhub

जबर्जस्ती करणीको आरोपमा किशोर पक्राउ


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी-  बर्दिबास नगपालिका-९, पशुपतिनगरबाट १४ बर्षीय एक किशोरलाई प्रहरीले जबर्जस्ती करणीको आरोपमा पक्राउ गरेको छ ।

सोही ठाउँकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको मौखिक उजुरीको आधारमा वडा नम्बर ७  मनहरीपुरका किशोरलाई आज पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

घाँस काट्ने क्रममा  बालिकालाई करणी गर्न खोजेको परिवारको  आरोप छ । तर अहिलेसम्म पीडित पक्षले लिखित जाहेरी भने दिएको छैन । जाहेरी प्राप्त नभएसम्म आरोपित किशोरको पहिचान खुलाउन नमिल्ने प्रहरीको भनाइ छ ।

किशोरलाई  इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको छ । जाहेरी प्राप्त भएपछि थप अनुसन्धान अगाडि बढाउने इलाका प्रहरी कार्यालय गौरीडाडाले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  २ : ३० बजे

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७