शेयर बजारमा दोहोरो अंकको वृद्धि, फाइनान्स र हाइड्रोले भने गुमाए « Khabarhub

शेयर बजारमा दोहोरो अंकको वृद्धि, फाइनान्स र हाइड्रोले भने गुमाए


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजार हरियाली भएको छ । यसदिन बजार मापक परिसूचक नेप्से ७१.२० अंकले बढेर २५९१.४२ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ५.३८ अंकले बढेर ४८२.७४ को बिन्दुमा पुगेको छ ।

आइतबार विभिन्न १५ वटा कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको थियो। १० प्रतिशतसम्मको वृद्धि भएपछि सर्किट लाग्ने गर्छ ।

आइतबार १३ वटा उपसमूह मध्ये ११ उपसहू हरियाली हुँदा दुईवटा उपसमूह भने राताम्मे भए । फाइनान्स र हाइड्रो उपसमूहले गुमाएका छन् । फाइनान्स उपसमूहले १.१२ प्रतिशतले गुमायो भने हाइड्रोले ०.१२ प्रतिशतले गुमायो ।

सबैभन्दा धेरै निर्जीवन बीमा उपसमूहले कमायो । सो उपसमूहमा ८.१७ प्रतिशतको वृद्धि भएको छ ।

आइतबार २३१ कम्पनीका ८६०१९६५ कित्ता शेयर खरिद विक्री हुँदा ५,१७,३२,००,५०३ रुपैयाँ बराबरको कारोबार भयो। शेयर बजारमा अघिल्लो सातादेखि हरियाली आउन थालेको छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ३ : ३८ बजे

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको

तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना