एसीसी यू १९ एसिया कप : एक खेल अघि नै नेपाल समूह चरणबाट बाहिरियो « Khabarhub

एसीसी यू १९ एसिया कप : एक खेल अघि नै नेपाल समूह चरणबाट बाहिरियो


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ३२३ को विशाल लक्ष्य पछ्याएको नेपाल श्रीलंकासंग ६० रनले पराजित हुँदै एसीसी यू १९ एसिया कपबाट बाहिरिएको छ ।

आइतबार भएको खेलमा श्रीलंकासँग पराजित भएपछि नेपाल समूह बी बाट सेमिफाइनल पुग्न वञ्चित भएको हो । ३२३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४७.५ ओभरमा अल आउट हुँदै २६२ रनमा सिमित बन्यो ।

नेपालका लागि विकेट किपर समेत रहेका ब्याटर अर्जुन साउदले सर्वाधिक ६४ रनको अर्धसतकीय इनिङ्स खेले । विवेक यादवले ४६ रन बनाउँदा बसिर अहमदले ४३ रनको योगदान दिए । यस्तै सन्तोष कार्कीले ३४ र कप्तान देव खनालले २८ रन बनाए ।

श्रीलंकाका मथिशा पथिराना र रभीन डी सिल्भाले समान ३–३ विकेट लिए ।

युअघि यूएईको शारजाहमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले सदिश राजापाक्ष र चामिन्दु बिक्रमसिंघेको शतकको मद्दतमा निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३२२ रन बनाएको थियो।

श्रीलंकाका सदिश राजापाक्षले सर्वाधिक १३१ रन बनाए । यस्तै चामिन्दु विक्रमसिंघेले १११ रनको योगदान दिए ।

नेपालका मोहम्मद आदिल खानले दुई तथा कप्तान देव खनालले एक विकेट लिए । नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो । दोस्रो खेलमा जित्नै पर्ने दबाबमा रहेको नेपाल हारसँगै एक खेल अघिनै प्रतियोगिताबाट बाहिरिएको हो । अब नेपालले अन्तिम खेलमा कुवेतको सामना गर्नेछ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ७ : ४८ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि