कोरोनाको उत्दगमस्थलको अनुसन्धान तीन महिनाभित्र टुंग्याउन गुप्तरचर निकायलाई बाइडेनको निर्देशन « Khabarhub

कोरोनाको उत्दगमस्थलको अनुसन्धान तीन महिनाभित्र टुंग्याउन गुप्तरचर निकायलाई बाइडेनको निर्देशन


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको उत्पति र उत्दगमस्थलबारेको अनुसन्धान तीन महिनाभित्र टुंग्याउन गुप्तरचर निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

चीनको वुहानस्थित प्रयोगशालाका सोधकर्ताहरू महामारी फैलनुअघि नै विरामी परेको तथ्य सार्वजनिक भइरहँदा अमेरिकी राष्ट्रपति बाइडेनले त्यसको अनुसन्धान छिटो टुंग्याउन निर्देशन दिएका हुन् ।

आफ्नो अध्ययन क्षमता बढाएर ९० दिनभित्र आफूलाई ब्रिफिङ्ग गर्न बाइडेनले गुप्तचर तथा कूटनीतिक निकायलाई वक्तव्य मार्फत निर्देशन दिएका हुन् ।

सन् २०१९ को डिसेम्बर अन्तयमा चीनको हुवेइ प्रान्तको वुहानमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसयता विश्वभर कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भएको छ ।

विश्वभर नै महामारीको रूप लिइरहेको कोरोना भाइरसको उत्पत्तिबारे अमेरिकाले पारदर्शी छानविनका लागि डब्ल्युएचओलाई पनि आह्वान गरिसकेको छ ।

डब्ल्युएचओको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै अमेरिकी स्वास्थ्यमन्त्री जेवियर बेसेराले कोरोनाभाइरसको स्रोत मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूलाई अनुमति दिइनुपर्ने पनि बताएका थिए ।

वुहानको समुद्री खाद्यान्न बजारबाट मानिसमा कोरोना भाइरस सरेको चिनियाँ अधिकारीले बताएका थिए । वैज्ञानिकहरुले भने जनावरबाट मानिसमा भाइरस सरेको हुन सक्ने बताउँदै आएका छन् ।

तर कतिपयले कोरोना भाइरस वुहान स्थित प्रयोगशालाबाट चुहावट भएर मानिसमा सरेको आंशका गर्दै आएका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ९ : ४० बजे

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण