कोरोनाको उत्दगमस्थलको अनुसन्धान तीन महिनाभित्र टुंग्याउन गुप्तरचर निकायलाई बाइडेनको निर्देशन « Khabarhub

कोरोनाको उत्दगमस्थलको अनुसन्धान तीन महिनाभित्र टुंग्याउन गुप्तरचर निकायलाई बाइडेनको निर्देशन


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको उत्पति र उत्दगमस्थलबारेको अनुसन्धान तीन महिनाभित्र टुंग्याउन गुप्तरचर निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

चीनको वुहानस्थित प्रयोगशालाका सोधकर्ताहरू महामारी फैलनुअघि नै विरामी परेको तथ्य सार्वजनिक भइरहँदा अमेरिकी राष्ट्रपति बाइडेनले त्यसको अनुसन्धान छिटो टुंग्याउन निर्देशन दिएका हुन् ।

आफ्नो अध्ययन क्षमता बढाएर ९० दिनभित्र आफूलाई ब्रिफिङ्ग गर्न बाइडेनले गुप्तचर तथा कूटनीतिक निकायलाई वक्तव्य मार्फत निर्देशन दिएका हुन् ।

सन् २०१९ को डिसेम्बर अन्तयमा चीनको हुवेइ प्रान्तको वुहानमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसयता विश्वभर कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भएको छ ।

विश्वभर नै महामारीको रूप लिइरहेको कोरोना भाइरसको उत्पत्तिबारे अमेरिकाले पारदर्शी छानविनका लागि डब्ल्युएचओलाई पनि आह्वान गरिसकेको छ ।

डब्ल्युएचओको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै अमेरिकी स्वास्थ्यमन्त्री जेवियर बेसेराले कोरोनाभाइरसको स्रोत मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूलाई अनुमति दिइनुपर्ने पनि बताएका थिए ।

वुहानको समुद्री खाद्यान्न बजारबाट मानिसमा कोरोना भाइरस सरेको चिनियाँ अधिकारीले बताएका थिए । वैज्ञानिकहरुले भने जनावरबाट मानिसमा भाइरस सरेको हुन सक्ने बताउँदै आएका छन् ।

तर कतिपयले कोरोना भाइरस वुहान स्थित प्रयोगशालाबाट चुहावट भएर मानिसमा सरेको आंशका गर्दै आएका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ९ : ४० बजे

देश लिकभन्दा बाहिर गयो : राजेन्द्र लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले

आगामी १० वर्षमा देश कहाँ पुर्‍ याउने ? दीर्घकालीन योजना बनाऔँ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि आगामी

कांग्रेस महाधिवेशनमा गीत गाउँदै रेशम चौधरीले भने ‘धेरै भोट पाएर होला झ्यालखानामा छु’

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नेपाली कांग्रेसको १५

गगनलाई आरेनले भने- पुराना गल्ती सच्याउँदै नयाँ पुस्ता देश निर्माणमा लाग्नुपर्छ

काठमाडौं– श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले पुराना कमजोरी सच्चाएर

हाम्रो जस्तो देशमा धेरै पार्टी आवश्यक छैन : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हाम्रो जस्तो देशमा धेरै