कतारमा दिउँसोको चर्को घाममा श्रमिकलाई काम लगाउन नपाइने « Khabarhub

कतारमा दिउँसोको चर्को घाममा श्रमिकलाई काम लगाउन नपाइने


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- खाडी क्षेत्रमा गर्मी बढेसँगै कतारको प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले यो वषर्को गर्मी महिनाका लागि पछिल्लो वर्षहरूझैँ काम गर्ने समय तोकेको छ ।

खुल्ला कार्य क्षेत्रमा काम गर्ने कामदारहरूमा जून १ देखि सेप्टेम्बर १५ तारिखसम्मका लागि काम गर्ने समयसीमा तोकेको हो । खुल्ला कार्यक्षेत्र वा घाममा काम गर्नुपर्ने कामदारहरूको लागि मात्र लागू हुने मन्त्रालयले जनाएको छ ।

यस्ता कार्य क्षेत्रमा काम गराउने कम्पनीले बिहान १० देखिदेखि अपराह्‍न ३ बजे सम्मका लागि काम बन्द गर्नु पर्नेछ । साथै कार्य समय तालिकाको सूचनापत्र कामदारले र श्रम निरीक्षकले निरीक्षण गर्न आएको बेला सजिलै देख्ने गरी टाँसिएको हुनु पर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले भनेको छ, “नयाँ निर्णयले तातो तनावको जोखिम कम गर्न मद्दत गर्दछ जुन कामदारहरूले सामना गर्न सक्दछन्, र गर्मी अवधिमा लागू हुने स्वास्थ्य र सुरक्षा योजनाहरूलाई समर्थन गर्दछ ।”

नियम उल्लघंन गर्ने कम्पनीविरुद्ध कडा कारबाहीको चेतावनी समेत दिइएको छ।

लगातार चर्को गर्मीमा काम गर्ने कामदारका शरीरमा पानीको मात्रा कम हुने र त्यसले कामदारको किड्नीमा प्रत्यक्ष असर पर्ने विश्व स्वास्थ्य संगठनले बताउने गरेको छ ।

कतारमा विभिन्न क्षेत्रमा ३ लाख १२ हजार ६५० नेपाली कार्यरत रहेका छन् । ती मध्ये ११ हजार ९० जना महिला कामदारहरु कार्यरत छन् ।

यसैगरी, कुवेतमा पनि दिउँसोको चर्को घाममा श्रमिकलाई काममा लगाउन नपाइने भएको छ ।

कुवेतको पब्लिक अथोरिटी फर म्यानपावरले दिउँसोको चर्को घाममा काम गर्नको लागि रोक लगाउने निर्णय गरेको म्यानपावरलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।

यो निर्णय १ जुनदेखि ३१ अगस्टसम्म लागू हुनेछ । निर्णय अनुसार बिहान ११ बजेदेखि ४ बजेसम्म खुल्ला क्षेत्रहरुमा श्रमिकलाई काममा लगाउन नपाइने जनाएको छ । कुवेत पनि विभिन्न क्षेत्रमा गरि करिव ७० हजार नेपाली कार्यरत रहेको पाइन्छ ।

 

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ८ : २५ बजे

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने