कालीमाटी महिला सेल : उजुरी महिलापीडित पुरुषको « Khabarhub

कालीमाटी महिला सेल : उजुरी महिलापीडित पुरुषको

८५ प्रतिशत उजुरीलाई मिलाएर पठाउँछौं



काठमाडौँ– ‘यसलाई मेरो घरभित्र पस्न दिन्न जहाँसुकै जाओस्’ महिला बालबालिका सेवा केन्द्र (महिला सेल) कालीमाटी परिसरमा एक जवान पुरुष अगाडी देखिएकी महिलासँग यसरी कुरा गरिरहेका थिए ।

रातो कुर्था सरुवाल र सिउँदोमा सिन्दुरले सजिएकी एक महिला । जसको काखमा ७ वर्षकी छोरी थिइन् ।

आमाको आँखाबाट झरिरहेको आशु देखेर ती बालिका बाआमाको हात थमाउँदै थिइन् । तर बाआमा भने एक अर्काको नजिक बस्न चाहेका थिएनन् ।

वरपर उभिएकाहरु भन्दै थिए, ‘गल्ती बाआमाले गर्छन् सजाय बिचरी त्यो अबोध बालिकालाई ।’

झट्ट हेर्दा त्यी पुरुषको उमेर ३५ को हाराहारी देखिन्थ्यो । मानिसहरु उनलाई नियालिरहेका थिए । तर उनी भने आफ्नै पीडामा शिर निहुराएर बसेका थिए ।

सोमबार दिउसो १ बजेतिरको कुरा हो । महिला सेल कालीमाटीमा महिला र पुरुषको उपस्थिति निकै बाक्लो थियो ।

प्रायःजसो महिलामाथि हुने घरेलु तथा लैङ्गिक हिंसाका उजुरीहरु आउने महिला सेलमा आजभोलि महिलाले गरेका उजुरीमा पुरुष पनि पीडित भएको पाइन्छन् ।

कहिलेकाहीँ सुनिन्छन्, ‘पुरुषहरु पनि त महिलाबाट पीडित भइरहेका छन् नि !’ वास्तवमा हाम्रो समाजले महिलाबाट पुरुषभन्दा पनि पुरुषबाटै महिला पीडित भएको ठहर गर्छ ।

तर महिला सेल कालीमाटीमा परेका उजुरी तथा पीडित र पीडकको गुनासो सुन्ने र हेर्ने हो भने महिलाबाट पीडित बन्ने पुरुषको संख्या दैनिक बढिरहेको छ ।

आखिर पीडित को रहेछ त ? हामी यसबारे बुझ्न उनीहरुको छेउमा पुग्यौं । आफ्नो परिचय दिइरहँदा मिडियामा केही नबोल्ने भनिरहेकी थिइन् महिला ।

तर पुरुष भने बोल्न खोजिरहेका थिए । अन्ततः हामीले उनको नाम नखुलाउने सर्तमा कुरा भने गर्‍यौँ ।

यति भएपछि ती पुरुषले आफु श्रीमतीबाट पीडित भएको तर श्रीमतीले भने आफु पीडित भएको भन्दै महिला सेलमा उजुरी दिएपछि कार्यालयमा उपस्थित भएको बताए ।

‘मेरो घर सिन्धुली हो ८ वर्षअघि हाम्रो प्रेम विवाह नै भएको थियो’ उनले महिलातिर हेर्दै भने, ‘विवाहपछि उनी गाउँमा बस्न राजी भइनन् मैले केही व्यापार गर्ने सोचले उनलाई लिएर काठमाडौं आएँ नानी पनि जन्मिन् ।’

सामान्य लेखपढ गर्न सक्ने उनले बल्खुमा एउटा होटल सञ्चालन गरे । जहाँ विशेषगरी खाजाहरु राख्न पाइन्छन् । होटल राम्रै चल्दै थियो ।

तर व्यापार गर्न थालेपछि उनले घरमा समय दिन सकेनन् । ‘बिहान ६ बजे होटल आइपुग्छु बेलुका १२ बजे घर पुग्छु’ उनले खबरहबसँग भने, ‘म घर पुग्दा उनीहरु सुतिसकेका हुन्थे भने निस्कँदा निदाइरहेका हुन्थे ।’

यसरी दुःख गर्दै परिवार पाल्न रातदिन नभनी लागिपरिरहेका थिए उनी । तर श्रीमती बिस्तारै परिवर्तन भइन् । ‘मैले समय दिन नसकेपछि उही घरको माथिल्लो तलामा बस्ने एक पुरुषसँग उ नजिक भइछे ।’

श्रीमतीको आनीबानीमा परिवर्तन आउन थालेपछि उनलाई शंका लाग्यो । निराश हुँदै उनले भने, ‘उनीहरु भेटेको सँगै बसेको हिडेको सबै प्रमाण नै छ हेर्नुहुन्छ ? उनले उल्टै प्रश्न गर्दै भने,‘उसकै लागि भनेर गाउँ छोडेर शहर पसेँ होटल पनि राम्रै चलेको थियो आम्दानी राम्रै हुन्थ्यो तर परिवार नै बिग्रिएपछि के लाग्यो र ?’

यति भनिरँहदा उनको गहँ आशु भएको थियो । ‘छोरा मान्छे हुँ आशु झार्न नसकेको मात्र मन धेरै भारी भएको छ । अब यही श्रीमतीसँग मिलेर बस्न म सक्दिँना बरु छोरी आफैँ राख्छु’ उनले भने ।

तर उनकी श्रीमती भने यस विषयमा केही बोलिनन् ।

०००

त्यस्तै अर्का पीडित २४ वर्षका सुमन सुनारको ३ वर्षअघि बिहे भएको थियो । स्थायी ठेगाना रामेछाप बताउँदै महिला सेलमा प्रहरीसँग कुरा गरिरहेका थिए उनी ।

सुमनलाई महिला सेल कालीमाटीले सोमबार सम्पर्क गरी बोलाएको रहेछ । कारण थियो उनकी श्रीमतीले हिंसाको उजुरी दिएको ।

हाल कलंकीमा बस्ने सुमन २ वर्ष यता वैदेशिक रोजगारका लागि युएई पुगेका थिए । कोरोनाका कारण बेरोजगार बनेपछि केही महिनाअघि उनी स्वदेश फर्किए ।

स्वदेश फर्किदा उनले घरमा बाआमालाई मात्र देखे । ‘श्रीमती माइत बसेको १ वर्ष भइसकेछ’ उनले भने, ‘मैले विदेशमा कमाएको पैसा उनकै नाममा पठाएको थिएँ बाआमालाई पनि खर्च नदिई माइतीमा बसेर सबै पैसा सकिछ अहिले पैसा छैन भन्छे कहाँ खर्च गरिस् भन्दा केही बोल्दिन ।’

‘घरमा आइज कुरा गरौँ भन्दा पनि तेरो घर आउदिनँ भन्छे’ खबरहबसँग उनले भने, ‘यदी सम्बन्ध विच्छेद चाहने हो भने पनि म गर्न तयार छु तर घर बिग्रिसक्यो उ उल्टै प्रहरीकोमा उजुरी गर्दै हिड्ने ?’

उनकी श्रीमती भने सम्बन्ध विच्छेदको निणर्य नलिएको बताउँछिन् । ‘माइतीमा बस्दा अरु पुरुषसँग नजिक भएर विदेशबाट पठाएको पैसा सकिस् भन्दै श्रीमानले पटकपटक आक्षेप लगाएकाले मैले उजुरी दिएकी हुँ’ उनले भनिन् ।

यसरी कालीमाटी महिला सेलमा उजुरी दिएका महिलाबाट पुरुष पनि पीडित हुने गरेको बताउँछिन् महिला सेलकी प्रमुख कोपिला चुडाल । उनकाअनुसार महिला सेलमा वार्षीक २ हजारको संख्यामा उजुरी आउने गरेका छन् ।

घरेलु हिंसा कसुर सजाय ऐन २०६६ अनुसार ३० दिनसम्म घटना मिलाउने भन्ने व्यवस्था छ ।

‘घरेलु सम्बन्ध भएका व्यक्तिबीच हिंसा हुने भएकाले सकेसम्म पटकपटक छलफल गराउँदै तारिखमा राख्छौं र एक महिनामा निर्णय लिन्छौं मिलेनन् भने थप १५ दिनपछि पीडित र पीडक दुवैलाई अदालत पठाउछौं।’

कसुर ठहरिएमा ६ महिनासम्म जेल सजाय पनि हुने कानुनी व्यवस्था रहेको छ ।

‘यहाँ आएका ८५ प्रतिशत मानिसहरु मिलेका छन्’ उनले भनिन्, ‘दुईजना बीच वादविवाद र मनमुटाव भएरै हिंसा कलह उत्पन्न भएको हुन्छ त्यसलाई हामीले सम्झाएर मिलाएर पठाएका धेरै घटना छन् ।’

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  १० : २२ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको