तराईमा आज पनि बाक्लो हुस्सु, कस्तो रहला तीन दिनको मौसम ? « Khabarhub

तराईमा आज पनि बाक्लो हुस्सु, कस्तो रहला तीन दिनको मौसम ?


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकका तराई भेगमा आज पनि बाक्लो हुस्सु लागेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

आज दिउँसोको मौसम सफा रहे पनि राति प्रदेश न. १ का उच्चपहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

काठमाडौंको आज बिहान साढे ६ बजेको मापनमा न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ । बिहान हुस्सु लागेको काठमाडौंको दिउँसोको तापक्रम १९ डिग्री सेल्यिससम्म पुग्ने महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको तीनको मौसम पूर्वानुमान वुलेटिनमा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ १४ गते (बुधबार)

दिउँसो : प्रदेश न. १ तथा गण्डकी प्रदेशमा आंशिक बदली रही  बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश- १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश- १ को उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ १५ गते (बिहिबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश- १ को उच्च पहाडी तथा हिमाली भू-भागका १ वा २ स्थानहरुमा हल्का हिमापातको सम्भावना रहेको छ।

राति : प्रदेश न. १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ १६ गते (शुक्रबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानहरुमा हल्का हिमापातको सम्भावना रहेको छ।

राति : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ७ : ३० बजे

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने

भैँसी चराउन गएका ६० वर्षीय ब्रह्मदेवको खोलामा डुबेर मृत्यु

वीरगञ्ज– खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२

गरिमालाई न्याय माग्दै माइतीघरमा आज पनि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीय बालिका गरिमा

डाक्टर भन्छन्- लामो समय मोबाइलमा कुरा गर्दा सुन्ने क्षमता कमजोर हुन्छ, कानबाट टाढा राख्नू

बाँके– लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण

बाराबाट हराएकी दुई वर्षीया बालिका १२ घण्टापछि सकुशल फेला

बारा– कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोलबाट हराएकी दुई वर्षीया बालिकालाई