पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै वामदेव « Khabarhub

पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै वामदेव


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको रक्षाका लागि भन्दै आज पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दैछन् ।

नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अलगअलग समूह बनाए पनि समूहगत विभाजन नभइ मौन बसेका गौतमले आज एकता अभियानको घोषणा गर्न लागेका हुन् । पार्टी एकता रक्षाका लागि नेतृत्वलाई दवाव दिने उद्देश्यले एकता अभियान घोषणा गर्न लागेको उपाध्यक्ष गौतमले बताए ।

पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा रहेको उल्लेख गर्दै गौतमको सचिवालयले त्यही माग र चाहनालाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान घोषणा गर्न लागिएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिष्ट तथा वाम–प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि यो अभियानमार्फत् एकतावद्ध गर्ने उद्देश्य राखिएको छ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयपछि सत्तारुढ नेकपा दुईवटा चिरामा विभक्त भएको छ। गौतमले भने आफ्नो पक्षधरता प्रष्ट पारेका थिएनन् ।

निर्वाचन आयोगले टुक्रिएको नेकपालाई मान्यता नदिने निर्णय गरेपछि गौतमले एकता अभियानलाई तिब्रता दिन लागेका हुन् । आज घोषणा हुने अभियानमा पूर्वएमाले र पूर्वमाओवादीका केही नेता रहने जनाइएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ८ : ३९ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग