कोरोना महामारीको असर नेपाली क्रिकेटमा, पुरस्कार राशि आधा घट्यो « Khabarhub

कोरोना महामारीको असर नेपाली क्रिकेटमा, पुरस्कार राशि आधा घट्यो

प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत आजबाट सेमिफाइनलका खेल



काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)को आयोजनमा काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता अन्तर्गत आजदेखि देखि सेमिफाइनलका खेल शुरु भएका छन् ।

पहिलो सेमिफाइनलमा अहिले विभागीय टोलीहरु नेपाल प्रहरी र सशस्त्र प्रहरीकोबीच प्रतिस्पर्धा जारी छ । खेल बिहान ९ बजे कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु भएको हो ।

शरद भेषवाकरको कप्तानीमा रहेको एपीएफ प्रतियोगितामा समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने मञ्जित श्रेष्ठको कप्तानीमा रहेको पुलिसले समूह बी को उपविजेता बन्दै सेमिफाइनलको यात्रा तय गरेको हो।

क्यानले यसअघि अघिल्लो वर्षको माघमा आईसीसी विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खला आयोजना गरेको थियो भने अघिल्लो महिना प्रधानमन्त्री कप महिला प्रतियोगिता आयोजना गरेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट सशर्त फुकुवा भएको क्यानले जतिसक्दो धेरै प्रतियोगिता आयोजना गर्नुपर्नेछ । जसबाट क्यानले आईसीसीको विश्वास जित्न सकोस ।

त्यसकै ध्याउन्नमा अहिले क्यानले क्रिकेटका गतिविधिलाई तीव्रता दिएको छ । तर, प्रतियोगिता आयोजनाकै लागि मात्रै भएको भन्दै विरोध भइरहँदा प्रधानमन्त्री कपको पुरस्कार राशि पनि आधा घटाएको छ ।

क्यान प्रतिबन्धमा हुँदा प्रधानमन्त्री कपको विजेताले २० लाख रुपौया पाउँदै आएका थिए भने क्यान आएपछि यो वर्षको विजेताले मात्रै १० लाख रुपौया प्राप्त गर्नेछन् ।

माघ ७ गते सुरु भएको प्रतियोगिताको पुरस्कार राशि भने समुह चरणका खेल सकिएपछि मंगलबार मात्रै घोषणा भएको छ ।
क्यान प्रतिबन्धमा हुँदा नेपाली क्रिकेटको विकासमा घरेलु क्रिकेटमार्फत् सहयोग गर्ने उदेश्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रधानमन्त्री कप क्रिकेटको सुरुवात गरेको थियो ।

२०१७ नियमित हुँदै आएको प्रतियोगिता क्यान निलम्बन फुकुवा हुनु अघिसम्म विजेताले २० लाख र उपविजेता टोलीले १० लाख पाउँदै आएका थिए । तर, यो वर्ष क्रिकेटको अभिभावक संस्था क्यान पायो । तर, अभिभावक हुँदा पाउनुपर्ने सम्मान भने पाउन सकेन । क्यान आफैले आयोजना गरेको प्रतियोगितामा भने विजेता र उपविजेता टोलीले यसअघिको भन्दा आधा पुरस्कार राशि प्राप्त गर्नेछन् ।

यो वर्ष किन घट्यो पुरस्कार राशि भन्ने प्रश्नमा अध्यक्ष चन्दले भने, ‘कोरोनाका कारण टाइटल स्पोन्सर पाइएन । हामीले कोसिस नगरेको होइन । तर, पाइएन के गर्ने ?,’ उनले भने, ‘यस प्रतियोगितालाई खेलाडी छनोटका रुपमा आयोजना गरेका हौं ।’

अघिल्ला वर्षहरुमा राखेपले विजेतालाई २० लाख र उपविजेतालाई १० लाख दिने गरेको प्रसंगमा क्यान अध्यक्ष चन्द भन्छन्, ‘पहिले पहिले राखेपले प्रतियोगिता आयोजनाका लागि १ करोड छुट्याउने गरेका थियो । तर, यो वर्ष कोरोनाका कारण ४० लाख मात्रै छ ।’

उनले क्यानले आईसीसीसँग प्रतियोगिता आयोजनाका लागि फण्ड माग गरेपनि रिलिज नभएको बताएका छन् ।

‘हामीले आईसीसीसँग पनि फण्ड माग गरेका थियौं । तर, रिलिज भएन । यता राखेपले चैतमा दिन्छु भनेका कारण यो सम्भव भएको हो । आगामी दिनमा यसलाई बढाएर लैजाने छौं,’ उनले भने ।

त्यस्तै, क्यानले सेमिफाइनल पुग्ने टिमले ५० हजार पाउनेछन् । प्लेयर अफ दी सिरिज घोषित हुने खेलाडीले ५० हजार पाउँदा बेस्ट ब्याट्सम्यान – बलरले जनही २५ हजार पाउने क्यानले निर्णय गरेको छ ।

त्यसैगरी सेमिफाइनल र फाइनलका प्लेयर अफ दी म्याच हुने खेलाडीले पाँच हजार पाउनेछन् ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ९ : १७ बजे

किशोरीलाई मात्र एचपीभी खोप लगाउँदा क्यान्सरको जोखिम यथावत, सरकार भन्छ- स्रोत छैन

काठमाडौं- सरकारले यसवर्ष ३ लाख बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध

निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्न सरकार लागिसकेको छ : गृहमन्त्री 

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले  वर्तमान सरकार विधिको शासन, भ्रष्टाचार मुक्त

महाकालीसन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर– नेपाल–भारतबीच महाकालीसन्धि भएको तीन दशक पूरा भइसकेपनि महाकाली सिँचाइ

रास्वपाले चाह्यो भने समानुपातिक सूची सच्याउन सक्छ, तर, कसरी ?

काठमाडौं– आफूलाई नयाँ वैकल्पिक शक्तिको रूपमा दाबी गरेर नेपाली राजनीतिमा

फिल्म ‘कुमारी’को गीत ‘डोको बुन्ने’मा अविषेक र आकृतिको केमेस्ट्री

काठमाडौं – माघ २३ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘कुमारी’को