संसद विघटनविरुद्ध दाहाल-नेपाल समुहद्वारा माइतीघरमा धर्ना (भिडियोसहित) | Khabarhub Khabarhub

संसद विघटनविरुद्ध दाहाल-नेपाल समुहद्वारा माइतीघरमा धर्ना (भिडियोसहित)


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्ध चरणवद्ध आन्दोलन गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले बुधबारदेखि काठमाडौंको माइतिघरमा धर्ना सुरु गरेको छ ।

पूर्व निर्धारित कार्यक्रम अनुसार नेकपा दाहाल-नेपाल समूह माइतीघरमा धर्ना बसेको हो ।

असंवैधानिक रुपमा संसद विघटन गरिएको भन्दै विरोधस्वरुत एकसातासम्म धर्नामा बस्ने नेतृ पम्फा भूषालले बताइन ।

धर्ना कार्यक्रममा संविधान सभा सदस्य, संघीय सांसद र प्रदेश सभा सदस्यहरु सहभागी भएका थिए ।

संविधानले प्रतिनिधिसभा विघटनको कल्पना नै नगरेको जिकीर गर्दै आएको नेकपाले संसद जीवित छ भन्ने सन्देश दिने उद्देश्यले धर्नाको आयोजना गरेको भूषालले बताइन ।

हेरौँ भिडियो

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ८ : ३२ बजे

रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल निर्माण

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाका दुई वडालाई जोड्ने झोलुङ्गे पुल

सत्तारुढ दलहरूको बैठक बस्दै

काठमाडौं– सत्तारुढ दलहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा

पाथीभरा माताले ओली सरकारको रक्षा गरुन् !

प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई कम्युनिस्ट बताउँछन् । कम्युनिस्टले धर्म

मोटो शरीर घटाएर कसरी फिट रहने ? यस्तो छ करिना कपुरको फिटनेस टिप्स

काठमाडौं– आजको व्यस्त जीवनमा मानिसलाई आफ्नो हेरचाह गर्न गाह्रो भइरहेको

सभामुख घिमिरेले आज दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

काठमाडौं– सङ्घीय संसदको हिउँदै अधिवेशन नजिकिँदै गर्दा सभामुख देवराज घिमिरेले