एपीएफले पुलिसलाई दियो २०४ रनको लक्ष्य, उत्कृष्ट बलिङ गरेका आरिफले बोके चोट « Khabarhub

एपीएफले पुलिसलाई दियो २०४ रनको लक्ष्य, उत्कृष्ट बलिङ गरेका आरिफले बोके चोट


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शसस्त्र प्रहरी बलको एपीएफ क्लबले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई २ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा टस हारेर पहिलो ब्याटिङ गरेको एपीएफले निर्धारित सबै ओभर खेल्दै ९ विकेट गुमाएर २सय ३ रन बनाएको हो।

बुधबार बिहान पहिलो ब्याटिङ गरेको एपीएफका शुरुआत ४ विकेट ४३ रनको अवस्थामा गइसकेका थिए। चौथो र छैठौं विकेटका रुपमा मैदान प्रवेश गरेका शंकर राना र सन्दीप जोराको जोडिले एपीएफको ब्याटिङ उकासेका थिए।

उनीहरुले ६४ रनको साझेदारी गरे। जसमा ३४ रनमा खेलिरहेका जोरालाई सागर ढकालले आउट पारे।

यस्तै एपीएफका लागि ४४ रनमा खेलिरहेका शंकर रानालाई दिपेन्द्र सिंह ऐरीले सुनिल धमलाबाट क्याच गराए।

सन्दिप आउट भएपछि मैदान छिरेका भुवन कार्कीले एपीएफको ब्याटिङ उकास्न मद्दत गरे। उनले ५६ बलको सामना गर्दै ४२ रन बनाए भने कमल सिंह ऐरीले १९ रन, शरद भेषावकरले १८ रन, सुवास खकुरेलले १९ रन, अभिनाष बोहराले ११ बनाए।

एपीएफविरुद्व पुलिसका आरिफ शेखले उत्कृष्ट बलिङ गरे। उनले १० ओभर बलिङ गर्दै १ मेडन ओभरसहित ३१ रन खर्चेर ३ विकेट लिए। उनले ओपनर सुवास खकुरेल, कप्तान भेषावकर र सुमित मर्जनको विकेट लिए।

यस्तै पुलिसका दिपेन्द्र सिंह ऐरी र ललितनारायण राजवंशीले समान २/२ विकेट लिए। यता, राशिद खान र सागर ढकालले समान १/१ विकेट लिएका हुन्।

खेलका दौरान पुलिसका लागि उत्कृष्ट बलिङ गरेका आरिफ चोटग्रस्त भएका छन्। उनी ४५ औँ ओभरमा फिल्डिङ गर्ने क्रममा मैदानमा लडेका थिए।

उनको दायाँ खुट्टाको एङ्कलमा चोट देखिएको राष्ट्रिय टोलिका फिजियो विक्रम न्यौपानेले बताएका छन्। आरिफलाई एम्बुलेन्समा अस्पताल लिइसकिएको छ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  १ : ३१ बजे

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको