टेकु अस्पतालका चिकित्सक भन्छन्– कोरोनाविरूद्धको खोप लगाउनेले भाग्यमानी महशुस गरौँ (भिडियोसहित) | Khabarhub Khabarhub

टेकु अस्पतालका चिकित्सक भन्छन्– कोरोनाविरूद्धको खोप लगाउनेले भाग्यमानी महशुस गरौँ (भिडियोसहित)



काठमाडौँ– नेपालमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरू भएको छ ।

बिहान १० बजेर २३ मिनेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रुपमा खोपको शुभारम्भ गरेसँगै अभियान सुरू भएको हो ।

अभियान सुरू भएसँगै पहिलो खोप टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले लगाए ।

त्यससँगै डा. अनुप बास्तोला, डा. रुना झालगायत १५ जना डाक्टरले ११ बजेसम्म खोप लगाइसकेका छन् भने आज ३ सय जनाले लगाउने कार्यक्रम छ ।

भिडियो हेर्नुहोस्

https://www.facebook.com/watch/?v=416443052779809

यही क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा खोप लगाएका चिकित्सकहरुको अनुभव :

डा. सागर राज भण्डारी
निर्देशक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

टेकुअस्पतालले कोरोना संक्रमितलाई हेरेको झण्डै १ वर्ष भइसकेको छ । एक वर्षपछि खोप आइपुग्दा र पहिलो पटक मैले लगाउन पाउँदा गर्व महशुस गरेको छु । खोपको व्यवस्थापन गरिदिने सबैलाई धन्यवाद दिन चाहन्छु ।

भारतको सिरम इन्टिच्युटको अक्स्फोर्ड एस्ट्राजेनेकासँग मिलेर उत्पादन गरेको भ्याक्सिन हो । यसको परीक्षण भारत लगायत थुप्रै देशहरुमा भइरहेको छ ।

खोपको इतिहासमा यो एउटा यस्तो भ्याक्सिन हो जुन एक वर्षको अवधिमा बनेको छ । प्रायः भ्याक्सिन ५ देखि ७ वर्षको अवधिमा बन्ने गर्छन् ।

यो खोप विशेषगरी १८ वर्षभन्दा माथिको उमेरका व्यक्तिले मात्र लगाउन मिल्छ । एलर्जी हुनेहरु, गर्भवती तथा सुत्केरी महिला, दमको बिरामीले यो खोप लगाउन हुँदैन । उनीहरुका लागि भने अझैं अध्ययन भइरहेको छ ।

यो खोप ० दशमलव ५ मिलिमिटर डिग्रि तापक्रममा लगाइन्छ । आज लगायौं यसको ४ हप्तापछि अर्को डोज लगाइन्छ । त्यसपछि बल्ल डुमानाइज भएको महशुस हुन्छ ।

यो खोप संक्रमणको अवस्था गम्भीर नहोस् भन्नकै लागि लगाइएको हो । यसले उच्च जोखिममा भएका व्यक्तिहरुलाई जोगाउने गर्छ । खासगरी स्वास्थ्यकर्मी फ्रन्टलाइनमा खटिएकाहरु सफाइकर्मीहरुलाई पहिलो चरणमा लगाइएको छ ।

किनभने उनीहरुकै माध्यमबाट समुदायका अन्य व्यक्तिलाई सर्ने हुँदा यो नसरोस भन्नकै लागि लगाएको हो । त्यसपछि दोस्रो तेस्रो चरणमा खोप उपलब्ध भएपछि अन्य व्यक्तिलाई नि लगाइने छ ।

अहिलेसम्म परीक्षण भएकोमा गम्भीर प्रकृतिका समस्या तथा लक्षणहरु देखिएको छैन । त्यसकारण यो एकदम सुरक्षित महशुस भएको छ ।

कसैलाई सामान्य ज्वरो आउने, जीउ दुख्ने, वाकवाक लाग्ने समस्या देखिन सक्छ तर डराउनु पर्दैन किनभने भाइरस शरीरमा प्रवेश गरेपछि रोगसँग लड्न एक्टिभ भइरहेको हुन्छ जसकारण ज्वरो आउनु सामान्य हो । केही दिनमै हराउँछ ढुक्क भएर लगाउन अनुरोध गर्छु ।

०००

डा. अनुप बास्तोला
चिकित्सक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

नेपालमा दोस्रो खोप मैले लगाउन पाएँ यसमा सौभाग्यमानी महशुस गर्छु । बिरामीको उपचारमा नियमित खटेको थिएँ । कोरोनासँगको लडाइँमा हामीले नयाँ युगको सुरू भएको छ ।

स्वस्थ्य व्यक्तिलाई छानेर अहिले भ्याक्सिन लगाइरहेका छौँ । हामी पनि त्यही गु्रपमा परेका छौं । गर्भवती र स्तनपान गराउने महिलाका बारेमा अध्ययन नभएको भ्याक्सिन भएकाले उहाँहरुलाई अहिले प्रयोग नगर्ने भनिएको छ ।

खोप लगाएको आधा घण्टासम्म रेष्ट गरेँ । अहिले मलाई सामान्य जस्तै महशुस भएको छ ।

०००

डा. रुना झा

निर्देशक, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला 

कोरोनाविरूद्धको खोपको अनुभव राम्रो रह्यो । यसमा आफुले आफुलाई भाग्यमानी ठान्दछु ।

खोप लगाउँदा अलिकति पनि दुखेको फिल भएन । खोप लगाउनुअघि पनि कुनै डर थिएन भाग्यमानी महशुस गरिरहेको थिए ।

एकवर्षअघि आजकै दिन नेपालमा कोरोनाको परीक्षण गरेका थियौं १ वर्षपछि सबैको मेहनतले हाम्रै देशमा आइपुगेको छ हामीले लगाउन पाएका छौं । त्यसकारण खोप लगाउँदा केही होला कि भन्ने आशंका नगर्नुस ।

जति पनि फ्रन्टलाइनमा खट्नु भएको छ निर्धक्क भएर खोप लगाउनुहोस् ।

०००

मञ्जु अधिकारी
नर्स, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

भ्याक्सिन नआउन्जेल लगाउने नलगाउने भन्नेमा द्वुविधा थियो । तर जब भ्याक्सिन आइपुग्यो यसलाई मोडलको रुपमा पनि लगाउनुपर्छ भन्ने सोच्यौँ ।

जसकारण मिडिया र जनमासमा सकरात्मक सन्देश जावोस् । त्यही अनुरुप भ्याक्सिन लगायौं लगाइसकेपछि पनि अहिलेसम्म केही भएको छैन । त्यसकारण भ्याक्सिन सुरक्षित छ सबैलाई लगाउन अनुरोध पनि गर्छु ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ३ : ०१ बजे

विलासिता कर हटाउने मागसहित सुनचाँदी व्यवसायीको टोली प्रधानमन्त्रीसँग 

काठमाडौं– चालु आर्थिक वर्षबाट लागु भएको सुनमा २ प्रतिशत विलासिता

खोलामा बगेर बालकको मृत्यु

झापा– झापाको दमक–१० जहदाका इन्द्र प्रसाईँका ११ वर्षीय छोरा धर्मेन्द्रको

जबरजस्ती करणी मुद्दाका कैदी सुनसरी कारागार कार्यालयबाटै फरार 

काठमाडौं– जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक जना कैदी सुनसरी कारागार

टर्कीले बनायो विश्वको पहिलो बहुउद्देश्यीय समुद्री स्किमिङ युएभी ड्रोन

इस्तानबुल– पछिल्ला दुई दशकमा धेरै नयाँ देशहरू देखा परेका छन्,

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने