सेयर बजार नेप्सेमा नयाँ रेकर्ड, ८ अर्बको कारोबार « Khabarhub

सेयर बजार नेप्सेमा नयाँ रेकर्ड, ८ अर्बको कारोबार


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको चौथो करोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । बजार परिसूचक नेप्से बुधबार १८.७६ अंकले बढ्दा २४४१.८५ अंकमा बन्द भएको छ । जुन अंक हालसम्मकै उच्च हो।

यस दिन ८ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। निर्जीवन बीमा ४६४, माइक्रोफाइनान्स ६७ अंकले बढेको छ। त्यस्तै जीवन बीमा समूह ६.२५ प्रतिशतले बढेको छ।

तिबाहेक अरु समूहहरु घटेका छन्। बैंकिङ १०, होटल २४, विकास बैंक ६, जलविद्युत ४, फाइनान्स ६ र उत्पादन ३३ र अन्य समूह २ अंकले घटेका छन्।

यस दिन नेपाल लाइफ इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त, गुराँस लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, नेसनल हाइड्रोपावरको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढ्यो।

यस दिन पोखरा फाइनान्सको मूल्य ७ प्रतिशतले घटेको छ। कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ९३ करोड रुपैयाँ बराबरको कारोबार भयो।

घोषित बोनसपछि मूल्य समायोजन भएको सो कम्पनीको फेरि १० प्रतिशतले बढेको छ। त्यस्तै प्राइम कमर्सियल बैंकको ३७ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भयो।

 

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ४ : २८ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा