पुलिसलाई हराउँदै एपीएफ पीएम कप क्रिकेटको फाइनलमा « Khabarhub

पुलिसलाई हराउँदै एपीएफ पीएम कप क्रिकेटको फाइनलमा


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा जित हात पार्दै विभागीय टोली एपीएफ फाइनलमा प्रवेश गरेको छ ।

अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३० रनले हराउँदै एपीएफले फाइनलमा प्रवेश गरेको हो ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको २०४ रनको लक्ष्य पुलिसले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै पुलिसले मात्र १७३ रन बनायो ।

पुलिसका लागि पवन सरार्फले ६१ बल खेल्दै २ चौका र १ छक्काको सहयोगमा ४० रन बनाउन सफल भए । त्यस्तै रासिद खानले ३४ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३३ रनको योगदान गरे ।

बलिङतर्फ एपीएफका लागि भुवन कार्कीले सर्वाधिक ४ विकेट लिए । ९ ओभर २ बल बलिङ गरेका उनले १ मेडन ओभर पनि फालेका थिए । एपीएफका लागि कमल ऐरी, अविनास बोहोरा र कप्तान शरद भेषावकरले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन बनाएको थियो । एपीएफका लागि शंकर रानाले ९६ बल खेल्दै ४ चौकाको सहयोगमा सर्वाधिक ४४ रन बनाए । त्यस्तै सन्दीप जोराले ३४ रन बनाउँदा भुवन कार्कीले ४२ रनको योगदान गरे ।

एपीएफका लागि कप्तान भेषावकरले १८ रन बनाए । एपीएफका लागि १०औं नम्बरमा ब्याटिङ गर्न आएका उनले अन्तिम दुई बलमा एक छक्का र एक चौका प्रहार गर्दा एपीएफले आफ्नो लक्ष्य २०४ बनाउन सफल भयो ।

बलिङतर्फ पुलिसका लागि आरिफ सेखले सर्वाधिक ३ विकेट लिए । १० ओभर बलिङ गरेका उनले एक मेडन ओभरसहित ३१ रन खर्चिए । त्यस्तै दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीलले २/२ विकेट लिए । रासिद खान र सागर ढककालले समान एक–एक विकेट लिए ।

आजको जितसँगै एपीएफले अब उपाधिका लागि वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लबको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ४ : ५७ बजे

नासाको ‘आर्टेमिस–२’ को ऐतिहासिक चन्द्रयात्रा : चार अन्तरिक्ष यात्री सफलतापूर्वक फर्किए

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ