प्रचण्डको 'सत्ता स्वार्थ'कै कारण पार्टी एकता संकटमा : उपप्रधानमन्त्री पोखरेल | Khabarhub Khabarhub

प्रचण्डको ‘सत्ता स्वार्थ’कै कारण पार्टी एकता संकटमा : उपप्रधानमन्त्री पोखरेल


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अवसरवादी, अविश्वसनीय र आपराधिक अभ्यासका कारण पार्टी एकता संकटमा पुगेको आरोप लगाएका छन् ।

निर्वाचन आयोगको निर्णय र नेकपाको भविष्यका बारेमा सार्जवनिक रुपमा टिप्पणी गर्दै नेता पोखरेलले ‘प्रचण्ड’को सत्ता स्वार्थकै कारण पार्टी एकता संकटमा पुगेको बताएका हुन ।

निर्वाचन आयोगले दुवै पक्षलाई वैधानिकता नदिएको अवस्थालाई टिप्पणी गर्दै पोखरेलले प्रचण्ड-नेपाल पक्षले जंगली महत्वाकांक्षा बोकेर आमजनता र पार्टीका लाखौं कार्यकर्ताहरूलाई रूवाएर गरिएका आत्मघाती कामहरूका बारेमा पश्चाताप गर्ने र क्षमा माग्न आग्रह गरेका छन् ।

यस्तो छ पोखरेलको टिप्पणी :

माघ १२ गते निर्वाचन आयोगले गरेको निर्णयले नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) भित्र देखापरेको चरम अराजक, चरम गुटवन्दी र हावी हुनपुगेको फूटवादी गतिविधिका कारण सिर्जना हुनपुगेको गंभीर अवस्थामाथि औंला ठड्याएकोछ –

(१) तत्कालीन नेकपा (एमाले) र माओवादी विच एकता गर्दाका समयमा गरिएको निर्णयका आधारमा मात्र अघि बढ्न सकिन्छ र त्यस विपरित गरिएका वा गरिने कुनै पनि निर्णय वा कामलाई चिनिदैन भन्ने निष्कर्श दिएको छ निर्वाचन आयोगले । त्यो सहमती भनेको , त्यसवेला व्यवस्था गरिएको दुई अध्यक्षका विचको सहमती र त्यही सहमतीका आधारमा कार्यसूचीहरूको निर्धारण र त्यसै आधारमा तयार गरिने प्रस्ताव तथा त्यसमाथि कमिटीमा गरिने छलफल तथा गरिने निर्णय र निकालिने निष्कर्श हो । र, त्यसैका आधारमा मात्र अघि बढ्नुपर्ने सहमती हो । अर्थात् , सहमतीको प्रस्थान विन्दू – दुई अध्यक्षका विचको सहमती हो । त्यही जग र त्यहींबाट अघि बढ्ने प्रकृयाबाट एकता महाधिवेशनसम्म पुग्ने संकल्प पनि हो । तर आफू अनुकूल वातावरण बनाउने वा वातावरण अनुकूल बनेको ठानेर पूर्व समूहहरूमा लामै समयदेखि रहँदैआएको गुटवन्दी वा अन्तर्विरोधहरूलाई उपयोग गरेर नयाँ ‘समिकरण’ बनाउने – सन्दर्भ समूह बनाउने – र त्यसकै बलमा ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ पुष्पकमल दाहाल ‘ प्रचण्ड ‘ ले लामै समयदेखि आफूमा हुर्काउँदै ल्याएको अवसरवादी, अविश्वसनीय र आपराधिक अभ्यासका कारण त्यो साझा सहमती अघि बढ्न सकेन, कार्यान्वयन हुन सकेन । त्यसका कारणले सिर्जना हुनपुगेको राजनीतिक अस्थीरताको झण्झावात , अराजकता र उद्दण्डताको सिलसिलाको शंखघोष हुनथाल्यो जुन मुलुकका लागि अत्यन्त अपशकुन वा दुर्भाग्यको गंभीर संकेत बन्न पुग्यो । प्रवल वन्दै गएको यही अपशकुनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले त्यही ‘ऐतिहासिक प्रारम्भिक ‘ विन्दूमा उभिनुपर्ने अपरिहार्य आवश्यकतालाई औंल्याएकोछ । धन्यवाद छ , निर्वाचन आयोगलाई !!

(२) नेकपालाई फुटाउन चाहने वा फुटको घोषणा गर्नेहरूलाई स्वीकार गरेन निर्वाचन आयोगले । पार्टी एकता गर्दाका समयमा खडा गरिएको सांगठनिक संरचना वा पदीय हैसियतलाई अस्वीकार गर्न चाहेन र गर्न मिल्दैन भन्यो निर्वाचन आयोगले । यही पृष्ठभूमिको आधिकारिकता समेतलाई स्वीकार गर्यो निर्वाचन आयोगले । पार्टी अध्यक्षको पदमा महिमा मण्डन हुन चाहनेहरूलाई पनि पार्टीको बैधानिक र औपचारिक मन्च बाहेक सार्वजनिक चोक चौतारीमा बसेर यस्तो नगर र गर्न मिल्दै – मिल्दैन भन्यो निर्वाचन आयोगले। फूटको वकालत गर्नेहरू, यसैमा रमाउनेहरू , यसो गर्दा आफ्नो पदीय आकाँक्षा पुरा हुने दुस्वप्न देख्नेहरूलाई समेत राम्रो सवक मिलेको हुनुपर्छ निर्वाचन आयोगको यो निर्णयबाट ।

(३) नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) अब के हुन्छ ? जोडिन्छ कि तोडिन्छ ? जंगली महत्वाकांक्षा बोकेर यसविचमा आम जनता र पार्टीका लाखौं कार्यकर्ताहरूलाई रूवाएर जे जस्ता ( कूँ) कर्महरू गरिए – जे जस्ता आत्मघाती कामहरू गरिए – तिनलाई लिएर पश्चाताप गर्ने र क्षमा माग्ने काम गरिनुपर्छ सम्वन्धितहरूबाट । त्यस्ता काम गर्नेहरूले जुन उचाइबाट यो काम गर्नेछन् – त्यही उचाइबाट पार्टीको नवनिर्माण प्रारम्भ हुनेछ । अहिले, यतिवेला नेकपा को जीवनसित गाँसिएर देशव्यापी रूपमा देखिदै गएको सामाजिक जागरणलाई एउटा सार्थक अभियानका रूपमा अघि बढाउनु आवश्यक छ । नेकपाभित्र “आउट डेटेडहरू” बाहिरिने र “ अपडेटेड “ भएर अघि बढ्नुपर्ने ऐतिहासिक क्षण आइपुगेकोछ ! नेकपा त अघि बढ्छ – बढ्छ साथै , नेपालको राजनीतिक तथा सामाजिक आन्दोलनका अभियन्ताहरू – सबैका लागि एउटा महत्वपूर्ण शिक्षा बन्नसक्छ नेकपाको जीवनसित गाँसिएर प्रकट भएको अहिलेको घटना !

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ५ : ३७ बजे

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल