पार्टी एकता गराएर ‘समाजवादको विरुवा रोप्ने’ इच्छा छ : उपाध्यक्ष गौतम (भिडियोसहित) « Khabarhub

पार्टी एकता गराएर ‘समाजवादको विरुवा रोप्ने’ इच्छा छ : उपाध्यक्ष गौतम (भिडियोसहित)


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता गराएरै छाड्ने बताएका छन ।

बुधबार ललितपुरमा नेकपा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै उनले आफू बाँच्दसम्म कम्युनिस्ट पार्टीलाई एकवद्धता गर्ने र सानै भएपनि ‘समाजवादको विरुवा रोप्ने’ इच्छा रहेको बताए ।

उनले भने, ‘पार्टी व्यावहारिक र राजनीतिकरुपमा फुटे पनि कानूनीरुपमा अझै फुटेको छैन, त्यसैले एकीकृत अभियानमा लाग्नुपर्छ ।’

गौतमले पार्टी पुनः एकीकरणको दुई चरणको योजना सहित पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका हुन ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको फैसला आउनुअघि पहिलो चरण र दोस्रो चरणको कार्यक्रम सर्वोच्चको फैसला आएपछि शुरु हुने पार्टी एकीकरण सम्बन्धी गौतमले तयार पारेको अवधारणापत्रमा उल्लेख छ ।

एकता राष्ट्रिय अभियानको घोषणा गर्दै गौतमले पार्टी विभाजनपछि दुईतिर फर्किएका अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाललाई एकैतिर फर्काउने दाबी गरे ।

यदि वैशाख १७ र २७ गते चुनाव भइहालेमा आफूलाई मन पर्ने व्यक्तिलाई भोट हाल्न पनि गौतमले नेता कार्यकर्तालाई आग्रह गरे । पार्टी विभाजनका लागि ओली र दाहाल बराबर जिम्मेवार रहेको भन्दै उनले पार्टीमा जुटाउनेभन्दा पनि फुटाउने गतिविधि धेरै भएको तर्क गरे ।

उनले आफू बाँच्दसम्म कम्युनिस्ट पार्टीलाई एकवद्धता गर्ने र सानै भएपनि समाजवादको विरुवा रोप्ने इच्छा रहेको बताए ।

हेरौँ भिडियो

प्रतिनिधिसभा पुनःस्थापना भएमा वा निर्वाचन भएमा दुवै अवस्थामा भिन्न–भिन्न केन्द्रअन्तर्गत पार्टी सञ्चालन र कार्यगत एकताको आधारमा निर्वाचनमा सामेल हुने, सरकार सञ्चालन गर्ने अवसर प्राप्त भएमा संयुक्त सरकार सञ्चालन गर्ने प्रक्रिया अवलम्बन गरिने गौतमको अवधारणापत्रमा उल्लेख छ ।

त्यस्तै दुई समूह एक नभइ विभाजन भएमा दुवै पार्टीसँग मित्रवत सम्बन्ध राख्ने पनि अवधारणापत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ९ : १२ बजे

दूरसञ्चारको अध्यक्ष र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा दर्खास्त आह्वान

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष

घरमै राहदानी पुर्‍याउन तयार छन् ‘हल्कारा’

महेन्द्रनगर– दश दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक

मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ

काठमाडौँ– पवित्र हज यात्राका लागि मक्का प्रस्थान गर्ने नेपाली हज

स्रोत नखुलेको भारतीय मुद्रासहित दुईजना पक्राउ

नेपालगन्ज– बाँकेमा प्रहरीले स्रोत नखुलेको छ लाख भारतीय मुद्रासहित दुई

मुस्ताङ : हिमाल, संस्कृति र साहसिक पर्यटनको आकर्षक गन्तव्य (तस्बिरहरू)

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङ पछिल्लो समय नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका