पार्टी एकता गराएर 'समाजवादको विरुवा रोप्ने' इच्छा छ : उपाध्यक्ष गौतम (भिडियोसहित) | Khabarhub Khabarhub

पार्टी एकता गराएर ‘समाजवादको विरुवा रोप्ने’ इच्छा छ : उपाध्यक्ष गौतम (भिडियोसहित)


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता गराएरै छाड्ने बताएका छन ।

बुधबार ललितपुरमा नेकपा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै उनले आफू बाँच्दसम्म कम्युनिस्ट पार्टीलाई एकवद्धता गर्ने र सानै भएपनि ‘समाजवादको विरुवा रोप्ने’ इच्छा रहेको बताए ।

उनले भने, ‘पार्टी व्यावहारिक र राजनीतिकरुपमा फुटे पनि कानूनीरुपमा अझै फुटेको छैन, त्यसैले एकीकृत अभियानमा लाग्नुपर्छ ।’

गौतमले पार्टी पुनः एकीकरणको दुई चरणको योजना सहित पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका हुन ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको फैसला आउनुअघि पहिलो चरण र दोस्रो चरणको कार्यक्रम सर्वोच्चको फैसला आएपछि शुरु हुने पार्टी एकीकरण सम्बन्धी गौतमले तयार पारेको अवधारणापत्रमा उल्लेख छ ।

एकता राष्ट्रिय अभियानको घोषणा गर्दै गौतमले पार्टी विभाजनपछि दुईतिर फर्किएका अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाललाई एकैतिर फर्काउने दाबी गरे ।

यदि वैशाख १७ र २७ गते चुनाव भइहालेमा आफूलाई मन पर्ने व्यक्तिलाई भोट हाल्न पनि गौतमले नेता कार्यकर्तालाई आग्रह गरे । पार्टी विभाजनका लागि ओली र दाहाल बराबर जिम्मेवार रहेको भन्दै उनले पार्टीमा जुटाउनेभन्दा पनि फुटाउने गतिविधि धेरै भएको तर्क गरे ।

उनले आफू बाँच्दसम्म कम्युनिस्ट पार्टीलाई एकवद्धता गर्ने र सानै भएपनि समाजवादको विरुवा रोप्ने इच्छा रहेको बताए ।

हेरौँ भिडियो

प्रतिनिधिसभा पुनःस्थापना भएमा वा निर्वाचन भएमा दुवै अवस्थामा भिन्न–भिन्न केन्द्रअन्तर्गत पार्टी सञ्चालन र कार्यगत एकताको आधारमा निर्वाचनमा सामेल हुने, सरकार सञ्चालन गर्ने अवसर प्राप्त भएमा संयुक्त सरकार सञ्चालन गर्ने प्रक्रिया अवलम्बन गरिने गौतमको अवधारणापत्रमा उल्लेख छ ।

त्यस्तै दुई समूह एक नभइ विभाजन भएमा दुवै पार्टीसँग मित्रवत सम्बन्ध राख्ने पनि अवधारणापत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ९ : १२ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी