‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी « Khabarhub

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

हिंसामा पुर्ख्यौली घर र ५० वर्षको साहित्यिक साधना गुमाएका वसन्त चौधरीको भावुक स्मरण


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष भएको हिंसात्मक घटनाका क्रममा आफ्नो ५० वर्ष पुरानो पुर्ख्यौली घर र जीवनभरका अमूल्य साहित्यिक पाण्डुलिपिहरू गुमाउनुपरेको अनुभूति साझा गरेका छन्।

आन्दोलनका नाममा भएको आगजनीको एक वर्ष पूरा भएको सन्दर्भमा सामाजिक सञ्जालमार्फत आफ्ना भग्नावशेष र साविकको घरका दुई तस्वीर सार्वजनिक गर्दै उनले भौतिक संरचना ध्वस्त भए पनि आफ्नो इतिहास र विरासत नलड्ने बताएका हुन्।

बुबाले करिब पाँच दशकअघि ठूलो मिहिनेतका साथ निर्माण गरेको घर आँखाअगाडि नै खरानी भएको स्मरण गर्दै चौधरीले त्यो केवल इँटा र सिमेन्टको ढाँचा मात्र नभई पारिवारिक संस्कार, पहिचान र कैयौँ पुस्ताको इतिहास भएको उल्लेख गरेका छन्।

“घरका कोठाहरू मात्र जलेनन्, पचास वर्षभन्दा लामो समयसम्म शब्द-शब्द जोडेर सँगालेको मेरो प्रिय पुस्तकालय पनि ध्वस्त भयो,” उनले भनेका छन्, “पाँच दशकको साधनामा प्राप्त सम्मान, विभूषणका चिनो र प्रकाशनको पर्खाइमा रहेका अमूल्य पाण्डुलिपिहरू मेरै अगाडि अक्षर-अक्षर भएर जले।”

वर्षौँका अनुभूति र अधुरा सपनाहरू धुवाँ बनेर उड्दा असहाय बनेर हेर्नुको विकल्प नरहेको बताउँदै उनले सोही भग्नावशेषमा उभिएर हरेक वर्ष सोही दिन उक्त भूमिमा आई जलिसकेका स्मृतिहरूलाई शब्दको तर्पण दिने प्रण गरेको सुनाए।

हिंसा र विध्वंसको आगोले संरचना ढाले पनि मनभित्र कुँदिएका स्मृति र विरासतलाई खरानी बनाउन नसक्ने चौधरीको दृढता छ। “विध्वंसको आगोले संरचना त जलाउन सक्छ, इतिहास र विरासत होइन,” उनले भनेका छन्, “अन्तस्करणमा कुँदिएका स्मृतिहरू कहिल्यै खरानी हुँदैनन्।”

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ८ : ५७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु