यस्तो छ दहीको धार्मिकदेखि औषधीय गुणसम्मको महत्व « Khabarhub

यस्तो छ दहीको धार्मिकदेखि औषधीय गुणसम्मको महत्व


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  दही पञ्चामृतमध्ये एक मानिन्छ । यसलाई धार्मिक कार्यमा समेत उपयोग गरिन्छ । जन्मदेखि मृत्युसम्मका संस्कारमा यसको उपयोग हुन्छ भने पाचन प्रक्रिया र अम्लपित्तमा पनि लाभकारी छ ।

दही विश्वभरि नै स्वास्थ्यप्रद भोजनमध्ये एक मानिन्छ । मानिसले कम्तीमा साढे चार हजार वर्षदेखि दही खाइरहेका छन् । चिकित्सकका अनुसार दहीले शरीरलाई रोगबाट टाढा राखेर स्वस्थ र दीर्घायु दिन्छ । यसलाई बालबालिकादेखि बूढापाकासम्मले सजिलै पचाउन सक्छन् ।

दिनहुँ यसको प्रयोगले रोग प्रतिरोधात्मक क्षमता बढ्छ । दही, जुन ब्याक्टेरियाबाट बन्छ, त्यसले शरीरमा हुने कुनै पनि संक्रमणबाट सुरक्षित राख्छ ।

यसले सीधै शरीरमा श्वेत रक्त कणिकाको काम गर्छ र शरीरलाई रोग प्रतिरोधात्मक क्षमता कम भएर हुने रोगबाट बचाउँछ । जसलाई दूधबाट एलर्जी हुन्छ, उनीहरूले दही सेवन गरेर यसबाट पोषक तत्व प्राप्त गर्न सक्छन् ।

यसको नियमित सेवनले व्यक्तिमा गामा इन्टरफरान ननप्रोटिनको मात्रा बढी पाइन्छ, जसले यसको रोग प्रतिरोधात्मक क्षमतालाई बढी सुदृढ बनाउँछ । थुप्रै अनुसन्धानअनुसार दहीको नियमित सेवनले थुप्रै क्यान्सर (मुख्यतः ठूलो आन्द्रा र कोलोनको क्यान्सर) बाट सुरक्षा दिन्छ ।

दहीको सबैभन्दा ठूलो विशेषता लैक्टिक अम्ल बढी मात्रामा हुनु हो । यसले गर्दा ठूलो आन्द्रामा यस्तो वातावरण बन्छ, जसले दुर्गन्ध उत्पन्न गर्ने जीवाणु अर्थात् फुटरे फेक्टिभ ब्याक्टेरियाको विकासलाई रोक्छ । यो जीवाणुलाई बी कोली नामले समेत चिनिन्छ । अर्थात्, ठूलो आन्द्रामा जीवाणुको सन्तुलन बनाइराख्न दहीको नियमित सेवन गर्नुपर्छ ।

दहीमा मिनरल्स र क्याल्सियम धेरै बढी मात्रामा हुन्छ । आस्टियोपोरोसिसले ग्रस्त रोगीलाई दही खाने सल्लाह दिइन्छ । दहीमा कार्बोहाइड्रेट, प्रोटिन र क्याल्सियम पनि बढी मात्रामा पाइन्छ । यसैले यसको सेवन हाई कोलेस्ट्रोलका रोगीलाई लाभदायी हुन्छ । यसमा भिटामिन बी–६ र भिटामिन बी–१२ समेत पाइन्छ ।

इन्टरनेशनल जर्नल अफ ओवेसिटीमा प्रकाशित अध्ययनअनुसार कम चिल्लो भएको दहीको सेवन मोटोपना घटाउन सहयोगी हुन सक्छ । प्रोबायोटिक आहार अर्थात् दहीलाई एलर्जी रोकथामका लागि समेत उपयोग गर्न सकिने विभिन्न अध्ययनले देखाएका छन् ।

दही सौन्दर्य बढाउनसमेत सहयोगी हुन्छ ।

साभार : सजिलो कुकिङपुस्तकबाट

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ५ : ४५ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते