साहसिक अनुभवहरूको रोचक वृत्तान्त « Khabarhub

साहसिक अनुभवहरूको रोचक वृत्तान्त


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एउटा पुस्तक- काठमाडौँ पेरिस काठमाडौँ बस र रेल यात्रा, उपशीर्षक- साहस र आँटले डोर्‍याएको जिन्दगी । साँच्चै रोचक र पठनीय छ ।

उमेरले ७० वर्ष आसपासका श्याम मोहन श्रेष्ठको आत्मवृतान्त हो ‘काठमाडौँ पेरिस काठमाडौँ बस र रेल यात्रा’ । पुस्तकमा उनले आफ्नो पारिवारिक पृष्ठभूमिसहित बाल्यकाल, शिक्षा, विदेश यात्रा, व्यावसायिक जिन्दगी लगायतका अनेक पक्ष समेटेका छन् ।

पुस्तकको सबैभन्दा रोचक पाठ काठमाडौँ-पेरिस-काठमाडौँ बस र रेल यात्रा नै हो । काठमाडौँबाट पटनासम्म हवाइजहाजमा र त्यसपछि पेरिससम्मको बस र रेल यात्राको रोचक बयान पढ्न पाइन्छ ।

पटनाबाट बस चढेर दिल्ली अनि रेलबाट अफगानीस्तानको काबुल, इरानको तेहरान र त्यहाँबाट टर्कीको स्तानबुलसम्मको रेल यात्रा, आहा ! पढ्नुमा अलग्गै मजा छ ।

इस्तानबुलबाट कहिले बस र कहिले रेल हुँदै सर्बियाको बेलग्रेड, त्यहाँबाट इटलीको मिलान हुँदै फ्रान्सको पेरिस शहर ! साँच्चै एउटा साहसिक, आँटी मान्छेले मात्रै गर्न सक्छ यस्तो जोखिमको यात्रा । पेरिसबाट काठमाडौँ फर्किंदाको पनि उस्तै यात्रा ।

यही साहसिक यात्रा र त्यसपछिको जिन्दगीका अनेक आयामहरूको गाथा पढ्न पाइन्छ यस पुस्तकमा ।

फ्रान्समा पहिलो डिनरको कथा कम रमाइलो हुने कुरै भएन । यसपछि एअर फ्रान्समा जागिरको अवसर र सन्तुष्टि, पहिलोपटक काठमाडौँबाट एअर फ्रान्सको फस्ट क्लासमा पेरिससम्मको यात्रा, पुस्तकका अत्यन्तै पठनीय र रोचक पक्षहरू हुन् । हवाई जहाजभित्र पाएका खानाका परिकारको के कुरा ! बयान गरी साध्य नै छैन । खान नजान्दाको सास्ती झन अर्कै !

अमेरिकी नागरिक क्याथीसँगको बिहे र बिहेको पृष्ठभूमिले पाठकलाई आनन्दित नबनाई छाड्दैन । विदेशी महिलासँगको बिहे र तिनका परिवारजनसँगको फराकिलो सम्बन्धका रोचक पक्षहरू त छैदै छन्, दुई परिवारको सांस्कृतिक भिन्नताको सास्ती पनि कम छैन ।

नेपालका उच्च पदिस्थहरूसँगको विदेश यात्रा, नेपाल वायु सेवा निगमसँगको आबद्धता, फ्रान्स सरकारबाट पाएका सम्मान र पदकहरूको मनमोहक बयान पढ्न पाइन्छ ।

समग्रमा ‘काठमाडौँ पेरिस काठमाडौँ बस र रेल यात्रा’ यात्रै यात्राको जिन्दगीको एउटा इमानदार बयान हो । पुस्तकमा श्याम मोहनले आफ्नो व्यावसायिक जिन्दगीबारे पनि प्रकाश पारेका छन् । यात्रा, जागिर, व्यवसाय, पारिवारिक सम्बन्ध र अन्य सामाजिक सम्बन्धका अनेक अविस्मरणीय घटनाहरूको रोचक बयान पढ्न पाइन्छ ।

‘काठमाडौँ पेरिस काठमाडौँ बस र रेल यात्रा’ उत्साही युवा पाठकका लागि साँच्चै उपयोगी छ ।

लेखन शृंखलाबद्ध छ, एकपछि अर्को सिलसिला समयबद्ध छ । पढ्दा पढ्दै ठाउँठाउँमा भाषिक त्रुटिहरूले आँखा र जिभ्रो एक साथ नबिझाउने पनि होइन । तैपनि पठनीय छ, उपयोगी छ ।

श्याम मोहनले भनेकै छन्- हडबडमा भाषागत त्रुटिहरू भएका छन्, अर्को संस्करणमा सच्याउँछु ।

हार्दिक वधाई छ लेखक श्याम मोहन श्रेष्ठलाई ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ११ : ४९ बजे

प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले नै बोले झुट, कार्यसम्पादनमा फुयाँल अगाडि, शर्मा तेस्रो

काठमाडौं– बिहीबार संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका क्रममा गरेको सिफारिसपछि सरकारले

‘साहसिक खेलमार्फत कोशीको पर्यटन प्रवर्द्धन गर्छौँ’

धरान (सुनसरी)- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले साहसिक खेलमार्फत प्रदेशको

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान र

टिपरको ठक्करबाट एक जनाको मृत्यु

त्रिवेणी (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा

नातिकाजी स्मृति समाजद्वारा २१ जना कलाकार पुरस्कृत

काठमाडौं- नातिकाजी स्मृति समाजले विभिन्न २१ जना कलाकारलाई सम्मान गरेको