‘गंगुबाई काठियावाडी’मा आलियाको मेन्टर अजय « Khabarhub

‘गंगुबाई काठियावाडी’मा आलियाको मेन्टर अजय


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता अजय देवगन निर्देशक सञ्जय लीला भन्सालीको आगामी फिल्म ‘गंगुबाई काठियावाडी’मा महत्वपूर्ण भूमिकामा देखिने भएका छन् । अजयले शनिबारबाट फिल्मको सुटिङ शुरु गर्दैछन् ।

दैनिक भास्करका अनुसार यो फिल्म अजयका लागि विशेष किन पनि छ भने उनी २२ वर्षपछि सञ्जयसँग सहकार्य गर्दैछन् । २२ वर्ष अघि सञ्जयको फिल्म ‘हम दिल दे चुके सनम’मा अजयले अभिनय गरेका थिए ।

फिल्म ‘गंगुबाई काठियावाडी’को शीर्ष भूमिकामा आलिया भट्टको अभिनय रहनेछ । हालैमात्र सञ्जयको जन्मदिनमा फिल्मको टिजर सार्वजनिक गरिएको थियो ।

फिल्ममा अजयले आलियाको अपोजिटमा अभिनय गर्नेछन् । अर्थात् उनी मेन्टरको भूमिकामा हुनेछ ।

फिल्मको हाल मुम्बईको फिल्म सिटीमा सुटिङ भइरहेको छ । सुटिङका समयमा कलाकारहरु र प्राविधिकको समय बचाउनका लागि फिल्मको सुटिङ रातीमात्र गरिएको छ ।

सुटिङका लागि करिब ५ करोडको सुटिङ सेट निर्माण गरिएको छ । फिल्ममा डन गंगुबाईको कथा देखाइनेछ । गंगुबाई ६० को दशकमा मुम्बई माफियाको ठूलो नाम थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  १ : ०५ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय