छत्रपति शिवाजीको बायोपिकमा शाहिद « Khabarhub

छत्रपति शिवाजीको बायोपिकमा शाहिद


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउडका ‘क्यूट’ स्टारका रुपमा चिनिएका अभिनेता शाहिद कपूर हालका दिनमा सफलताको पथमा अगाडि बढिरहेका छन् । फिल्म ‘कबीर सिंह’ले उनको लोकप्रियतामा नयाँ इटा थपिदियो ।

फिल्म ‘कबीर सिंह’ पछि उनी ‘जर्सी’को रिमेकमा व्यस्त भए र केही दिन अघि सुटिङ पनि पुरा गरे । सन् २०२१ को दिपावलीमा रिलिज हुने फिल्ममा उनी एक क्रिकेटरको भूमिकामा देखिँदैछन् ।

शाहिद अब चाँडै छत्रपति शिवाजीको बायोपिकमा देखिँदैछन् । फिल्म ‘कबीर सिंह’का निर्माता अश्विन वर्देले निकै महंगो बजेटमा छत्रपति शिवाजीको बायोपिक बनाउदैछन् ।

‘अश्विनले दक्षिण भारतीय फिल्मको एक ठूलो प्रोडक्सन हाउस लाइक प्रोडक्सनसँग सहकार्यको लागि हात मिलाएका छन् । यो समूहले छत्रपति शिवाजी महाराजमा आधारित रहेर बनाउने फिल्मका लागि शाहिद कपुरसँग कुराकानी गरेका छन्’, बलिउड लाइफले आफ्नो अनलाइन संस्करणमा लेखेको छ ।

अनलाइनका अनुसार फिल्मको कथा शाहिदले पनि मनपराएर फिल्ममा अभिनयका लागि ग्रीन सिग्नल दिएका छन् । शाहिदले यसअघि सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावत’ मा राजाको भूमिकामा अभिनय गरेका थिए ।

उनका लागि छत्रपति शिवाजी महाराजमा आधारित फिल्म दोस्रो पिरियड फिल्म हुनेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  २ : २५ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय