सलमानको ‘इमोर्टल’ पेन्टिङ प्रदर्शनीमा « Khabarhub

सलमानको ‘इमोर्टल’ पेन्टिङ प्रदर्शनीमा


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता सलमान खान अभिनयका अलावा पेन्टिङमा पनि उत्तिकै पोख्त छन् । उनी प्रायः आफूले गरेको पेन्टिङको भिडियो सामाजिक सञ्जालमा शेयर गरिरहन्छन् ।

अब यिनै सलमानको पेन्टिङ बेङ्लोरको कला प्रदर्शनीमा राखिने भएको छ । अबीनिन्द्रनाथ टेगोर, राजा रवि वर्मा र वी एस गायतोंडेजस्ता चर्चित पेन्टिङ कलाकारका साथ सलमानको पेन्टिङ राखिनेछन् ।

आजतकमा प्रकाशित समाचार अनुसार सामाजिक सञ्जालमा सलमानले एक पोस्टर शेयर गर्दै आफ्नो भावना लेखेका छन् । ‘अनौठो, निरास, सम्मानित र प्रसन्न महसूस गरिरहेको छु । मेरो काम यति ठूला कलाकार जस्तै राजा रवि वर्मा, अबीनिन्द्रनाथ टेगोर र वी एस गायतोंडेका साथ राखिनेछ । यो सम्मानका लागि धन्यवाद’, उनले लेखेका छन् ।

यो प्रदर्शनीमा सलमानको ‘इमोर्टल’नामक पेन्टिङ राखिनेछ । यो पेन्टिङ मदर टेरेसामा आधारित छ । सलमानले यो पेन्टिङमा हस्ताक्षर पनि गरेका छन् ।

कामको कुरा गर्दा सलमानका धेरै फिल्महरु पाइपलाइनमा छन् । उनको फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’ यही इदमा रिलिज हुँदैछ ।

प्रभु देवा निर्देशित फिल्ममा सलमानको अपोजिटमा अभिनेत्री दिशा पटानी छिन् । यसबाहेक उनी ‘टाइगर ३’, ‘कभी इद कभी दिवाली’ र ‘पठान’मा पनि देखिँदैछन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ४ : २५ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय