यस्तो छ कपाल झर्ने समस्याको घरेलु उपचार « Khabarhub

यस्तो छ कपाल झर्ने समस्याको घरेलु उपचार


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

— २५० ग्राम अडरको दाललाई उमालेर उसलाई टाउकोमा मालिस गर्नुहोस् । जसले गर्दा कपाल झर्न कम हुन्छ ।

—कागतीको जरालाई पिसेर कपाल नुहाउनुहोस् र नरिवलको तेल लगाउनुहोस् जसले गर्दा कपाल झर्न कम हुनछ ।

—अमलाको रस प्रतिदिन ४ चम्चाका दरले खानाले कपालका सम्पूर्ण रोग निको हुन्छ ।

—चार चम्चा बाख्राको दुध (काँचो), ४ चम्चा मह र ४ वटा अण्डालाई तातेको तेलमा समान मात्रामा मिलाई कपालमा लगाउनुहोस् । केही समयपछि साबुन वा सेम्पुले धुनुहोस् । जसले गर्दा कपाल झर्न छाड्छ ।

—सरस्युँको तेलले कपाल मालिस गर्नाले कपाल झर्न छाड्छ ।

—१ भाग शुद्ध महमा २ भाग कागतीको रस मिलाई टाउकोमा लगाउनाले कपाल झर्न छाड्छ ।

—जटामसीको २५० ग्राम मोटो धुलोलाई १ लिटर पानीमा भिजाई यसलाई उमाल्नुहोस् र २५० ग्राम तिलको तेल मिलाई फेरि उमाल्नुहोस् । यसरी तयार भएको मिश्रणलाई दिनमा दुई पटक कपालमा लगाउनाले कपाल कालो र मजबुट हुन्छ ।

—नरिवलको तेल २५० ग्राम, मेहन्दीको पात ५० ग्राम दुवैलाई आगोमा राखी पकाउनुहोस् जब पात जल्न सुरु हुन्छ तब आगोबाट हटाउनुहोस् । यस तेललाई कपालमा लगाउनाले कपाल झर्न छाड्छ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ५ : २५ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६