अनुदानको ८ लाख खोप ल्याउन २ करोडभन्दा बढी खर्च ! « Khabarhub

अनुदानको ८ लाख खोप ल्याउन २ करोडभन्दा बढी खर्च !


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको ८ लाख डोज चिनियाँ खोप नेपाल ल्याउन भाडा मात्रै २ करोडभन्दा बढी रकम लाग्ने भएको छ ।

उक्त चिनियाँ खोप नेपाल ल्याउन २ करोड १८ लाख १० हजार ३ सय ३२ रुपैयाँ भाडा लाग्ने नेपाल वायु सेवा निगमले जनाएको छ ।

चीनले यात्रुबाहक जहाजबाट खोप पठाउन नमानेपछी नेपाल सरकारले चीनबाट खोप ल्याउन विशेष विमान नै चार्टर गर्नुपरेको स्वास्थ मन्त्रालयले जनाएको छ ।

चिनियाँ कम्पनी सिनोफर्मबाट उत्पादित चिनियाँ खोप नेपाल ल्याउन निगमको जहाज सोमबार चीन उड्ने छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम राज्यले भाडा व्यहोरेर अनुदानमा चीनले दिएको खोप ल्याउने बताउँछन् ।

स्मरण रहोस, नेपाल ल्याउन लागिएको चिनियाँ खोपलाई विश्व स्वास्थ्य संगठनले हालसम्म पनि प्रयोगको लागि अनुमति दिएको छैन भने क्लिनिकल ट्रायलको कागजात बिनै उक्त चिनियाँ खोप नेपाल ल्याउन लागिएको छ ।

विश्व स्वास्थ्य संगठनले आपतकालीन मात्र मान्यता दिइरहेको बेला त्यो खोपको प्रयोग गर्नु कतिको उपयुक्त होला ? यस विषयमा प्रवक्ता गौतम भन्छन्, ‘पहिले एस्ट्राजेनेकाको कोभिसिल्ड पनि शुरूमा आपतकालीनका लागि मात्र थियो पछि स्वीकृत दिएको हो र अहिले ल्याउन लागिएको खोप पनि आपतकीलन प्रयोगकै लागि हो, अहिले यो खोप १२ देखि १५ वटा देशमा प्रयोग भइरहेको पनि छ ।’

यद्यपी चिनियाँ दूतावासको दबाबमा सो खोप नेपाल ल्याउन लागिएको हे । सरकारले क्लिनिकल ट्रायलका कागजातहरु पटक पटक माग्दा पनि चीन सरकारले उपलब्ध गराएन ।

यसअघि छिमेकी मुलुक भारतले अनुदानमा दिएको कोरोनाविरुद्ध कोभिशील्ड खोप आफ्नै खर्चमा नेपाल ल्याई दिएको थियो ।

चार्टर विमानबारे नेपाल वायु सेवा निगमले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  १० : ४१ बजे

सुनको मूल्यले ३ लाख नाघ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– सुनको मूल्य आज ३ लाखमाथि पुगेको छ । आइतबारको कारोबारमा

आदिवासी जनजातिको पहिचान र संस्कृति नेपालको गौरव हो : राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले विविधतामा एकतालाई आत्मसात्

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा– रसुवाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन लाग्ने

रुपन्देहीको मर्चवारीमाईमा पूर्वाधारसँगै सामाजिक विकासमा जोड

रुपन्देही– रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी तथा सामाजिक

क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ – क्यानडा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको