बुद्ध थिएटरमा अभिको ‘विम्बाका सपना’ « Khabarhub

बुद्ध थिएटरमा अभिको ‘विम्बाका सपना’


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बुद्ध थिएटर फेस्टिभलको छैटौं दिन डा.अभि सुवेदीको लेखन रहेको नाटक ‘विम्बाका सपना’ मञ्चन भएको छ ।

थिएटर मलमा केही वर्ष पहिले घनश्याम श्रेष्ठको निर्देशनमा मञ्चन भएको यो नाटक शुक्रबार भने माला आर्टस् एकेडेमीका कलाकारले प्रस्तुत गरेका थिए । नाटक सन्दीप डंगोलको निर्देशनमा तयार भएको हो ।

१ घन्टा समायावधि रहेको नाटक यशोधराको पीडामा केन्द्रित थियो । सिद्धार्थ गौतम दुधे बालक राहुलको समेत पर्वाह नगरी दुःखको कारण खोज्न दरबार छाडेर हिँडे ।

यसरी हिँडेको ६ वर्षपछि सिद्धार्थ बुद्ध बनेर फर्किए । यही ६ वर्षको बीचमा यशोधराले भोगेको मानसिक पीडालाई नाटकले प्रभावकारी रुपमा प्रस्तुत गरेको थियो ।

नाटककार डा.अभिले यशोधरालाई विम्बाको नाम दिँदै उनको अन्तद्र्वन्द्वलाई प्रस्तुत गरेका थिए । शुक्रबार मञ्चन भएको नाटकमा भने सन्दीपले विम्बाको मनस्थितिलाई आत्मसंवाद र मल्टिमिडियोका प्रस्तुतिद्धारा अझै रोचक तरिकाले प्रस्तुत गरेका थिए ।

नाटकमा सिरपा मानन्धर, कृतिका भट्टराई, अनिशा भण्डारी, सिरबानी थापा, अम्बिका बराल आदि कलाकारले अभिनय गरेका थिए ।

गत आइतबारबाट सुरु भएको बुद्ध थिएटरका अघिल्ला दिनमा भारत र हङकङका एक एकसहित ५ नाटक प्रस्तुत भइसकेका छन् । राष्ट्रिय नाच घरको प्रेक्षालयमा भइरहेको फेस्टिभलमा मञ्चन भएका सबै नाटकमा बुद्ध र उनको दर्शनलाई केन्द्रमा राखेर बनाइएको नाटक प्रस्तुत गरिएको थियो ।

शनिबारको अन्तिम मञ्चनसँगै फेस्टिभलको समापन हुने फेस्टिभल निर्देशक पुष्कर गुरुङले जानकारी गराएका छन् । अन्तिम दिन महोत्सवमा वीरेन्द्र हमालको निर्देशन रहेको ‘प्रतीत्य सुमुत्पाद’ मञ्चन हुनेछ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  १२ : ३१ बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर