बुद्ध थिएटरमा अभिको ‘विम्बाका सपना’ « Khabarhub

बुद्ध थिएटरमा अभिको ‘विम्बाका सपना’


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बुद्ध थिएटर फेस्टिभलको छैटौं दिन डा.अभि सुवेदीको लेखन रहेको नाटक ‘विम्बाका सपना’ मञ्चन भएको छ ।

थिएटर मलमा केही वर्ष पहिले घनश्याम श्रेष्ठको निर्देशनमा मञ्चन भएको यो नाटक शुक्रबार भने माला आर्टस् एकेडेमीका कलाकारले प्रस्तुत गरेका थिए । नाटक सन्दीप डंगोलको निर्देशनमा तयार भएको हो ।

१ घन्टा समायावधि रहेको नाटक यशोधराको पीडामा केन्द्रित थियो । सिद्धार्थ गौतम दुधे बालक राहुलको समेत पर्वाह नगरी दुःखको कारण खोज्न दरबार छाडेर हिँडे ।

यसरी हिँडेको ६ वर्षपछि सिद्धार्थ बुद्ध बनेर फर्किए । यही ६ वर्षको बीचमा यशोधराले भोगेको मानसिक पीडालाई नाटकले प्रभावकारी रुपमा प्रस्तुत गरेको थियो ।

नाटककार डा.अभिले यशोधरालाई विम्बाको नाम दिँदै उनको अन्तद्र्वन्द्वलाई प्रस्तुत गरेका थिए । शुक्रबार मञ्चन भएको नाटकमा भने सन्दीपले विम्बाको मनस्थितिलाई आत्मसंवाद र मल्टिमिडियोका प्रस्तुतिद्धारा अझै रोचक तरिकाले प्रस्तुत गरेका थिए ।

नाटकमा सिरपा मानन्धर, कृतिका भट्टराई, अनिशा भण्डारी, सिरबानी थापा, अम्बिका बराल आदि कलाकारले अभिनय गरेका थिए ।

गत आइतबारबाट सुरु भएको बुद्ध थिएटरका अघिल्ला दिनमा भारत र हङकङका एक एकसहित ५ नाटक प्रस्तुत भइसकेका छन् । राष्ट्रिय नाच घरको प्रेक्षालयमा भइरहेको फेस्टिभलमा मञ्चन भएका सबै नाटकमा बुद्ध र उनको दर्शनलाई केन्द्रमा राखेर बनाइएको नाटक प्रस्तुत गरिएको थियो ।

शनिबारको अन्तिम मञ्चनसँगै फेस्टिभलको समापन हुने फेस्टिभल निर्देशक पुष्कर गुरुङले जानकारी गराएका छन् । अन्तिम दिन महोत्सवमा वीरेन्द्र हमालको निर्देशन रहेको ‘प्रतीत्य सुमुत्पाद’ मञ्चन हुनेछ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  १२ : ३१ बजे

लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ

बागमती– प्रतिबन्धित लागूऔषध खैरो हेरोइन खरिद बिक्री गरिरहेको अवस्थामा मकवानपुरको

दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो

त्रिशूली– ऐतिहासिक तथा धार्मिक महत्व रहेको यहाँको दुप्चेश्वर महादेव मन्दिरमा

विराटनगरविरुद्ध लुम्बिनीका ओपनर सर्टको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको

प्रधानमन्त्रीको टिप्पणी : अख्तियारले रफ्तार बढायो, ठूला भ्रष्टाचारमा शक्तिशालीहरू समातिन थाले

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टचारविरुद्धको कारबाही नरोकिने बताएकी छन् ।