झा दम्पती हत्या आशंकामा थप तीन पक्राउ « Khabarhub

झा दम्पती हत्या आशंकामा थप तीन पक्राउ


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवीको अपहरण गरी हत्या गरेको आशंकामा थप तीन जना पक्राउ परेका छन् ।

प्रदेश २ प्रहरी प्रमुख डिआईजी धिरजप्रताप सिंहका अनुसार पक्राउ पर्नेहरूमा स्थानीय विकास झा, कैलास झा र शम्भु झा छन् । कैलास र विकास दाजुभाइ हुन् । उनीहरु तीनैजना झा दम्पतीको नातेदार रहेको बुझिएको छ । अनुसन्धानका क्रममा संलग्नता देखिएकाले उनीहरु तीनैजनालाई शुक्रबार नियन्त्रणमा लिएको सिंहले जानकारी दिए । सिंहका अनुसार उनीहरुको घरमा झा दम्पतीको जलेको कपडा फेला परेको थियो ।

फागुन १० गते राति अपहरणमा परेका झा दम्पतीको दुईदिनअघि मात्र कंकाल फेला परेको थियो । कंकालको शुक्रबार पोष्टमार्टम पश्चात् दाहसंस्कार गरिएको छ ।

घटनामा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरी यसअघि छिमेकी रामबाबु यादव, उनका छोराद्वय सुरेन्द्र यादव, राजेन्द्र यादव र भारत बिहार मधुबनी घर भइ बनौलीमा बस्दै आाएका हरेन्द्र ठाकुरलाई सार्वजनिक गरिसकेको छ ।

पक्राउ परेका ठाकुरले झा दम्पतीको जग्गा नजिकै प्लटिङ गरेका थिए । प्लटिङ गरिएको जग्गाबाट सडकमा निस्कने बाटो थिएन । त्यसैले ठाकुरलगायतका व्यक्ति पटक–पटक झा दम्पतीलाई बाटोका लागि जग्गा बिक्री गर्न दबाब दिएको र बिक्री नगरेकै कारण अपहरण गरी हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  १ : ४४ बजे

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन