झा दम्पती हत्या आशंकामा थप तीन पक्राउ « Khabarhub

झा दम्पती हत्या आशंकामा थप तीन पक्राउ


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवीको अपहरण गरी हत्या गरेको आशंकामा थप तीन जना पक्राउ परेका छन् ।

प्रदेश २ प्रहरी प्रमुख डिआईजी धिरजप्रताप सिंहका अनुसार पक्राउ पर्नेहरूमा स्थानीय विकास झा, कैलास झा र शम्भु झा छन् । कैलास र विकास दाजुभाइ हुन् । उनीहरु तीनैजना झा दम्पतीको नातेदार रहेको बुझिएको छ । अनुसन्धानका क्रममा संलग्नता देखिएकाले उनीहरु तीनैजनालाई शुक्रबार नियन्त्रणमा लिएको सिंहले जानकारी दिए । सिंहका अनुसार उनीहरुको घरमा झा दम्पतीको जलेको कपडा फेला परेको थियो ।

फागुन १० गते राति अपहरणमा परेका झा दम्पतीको दुईदिनअघि मात्र कंकाल फेला परेको थियो । कंकालको शुक्रबार पोष्टमार्टम पश्चात् दाहसंस्कार गरिएको छ ।

घटनामा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरी यसअघि छिमेकी रामबाबु यादव, उनका छोराद्वय सुरेन्द्र यादव, राजेन्द्र यादव र भारत बिहार मधुबनी घर भइ बनौलीमा बस्दै आाएका हरेन्द्र ठाकुरलाई सार्वजनिक गरिसकेको छ ।

पक्राउ परेका ठाकुरले झा दम्पतीको जग्गा नजिकै प्लटिङ गरेका थिए । प्लटिङ गरिएको जग्गाबाट सडकमा निस्कने बाटो थिएन । त्यसैले ठाकुरलगायतका व्यक्ति पटक–पटक झा दम्पतीलाई बाटोका लागि जग्गा बिक्री गर्न दबाब दिएको र बिक्री नगरेकै कारण अपहरण गरी हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  १ : ४४ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा