‘फिल्म निर्माण र रिलिजमा हतारो नगरौं’ « Khabarhub

‘फिल्म निर्माण र रिलिजमा हतारो नगरौं’


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ–अभिनेता धिरेन शाक्यले कोभिड–१९ को मारमा परेको फिल्म क्षेत्रमा नयाँ निर्माण घोषणा र प्रदर्शन मिति तोक्ने काममा हतारो नगर्न फिल्मकर्मीलाई आग्रह गरेका छन् ।

चलचित्र पत्रकार संघ, दाङले आयोजना गरेको अन्तरक्रियामा उनले कोभिड–१९ ले थिलोथिलो परेको फिल्म क्षेत्र चलायमान कहिलेबाट हुन्छ भन्ने अवस्था नरहेकोले फिल्म निर्माण घोषणा र प्रदर्शन गर्न हतार नगर्न आग्रह गरे ।

‘कोभिड–१९ को यो समयलाई फिल्मकर्मीहरुले आफूलाई माझ्ने अर्थात् थप सिक्ने समयको रुपमा लिनुपर्छ’, उनले भने, ‘लकडाउनको समयमा दर्शकले घरमा बसेर विभिन्न भाषाका राम्रा भन्दा राम्रो फिल्म हेरेकाले हामीले फिल्मको कथादेखि लिएर कलाकार अभिनयसम्ममा ध्यान दिनैपर्छ ।’

दाङ भौगोलिक हिसाबले केन्द्रिय राजधानीबाट टाढा भए पनि जिल्लामा फिल्म छायांकन गर्न सकिने धेरै ठाउँहरु रहेकोले सम्बन्धित निकायबाट ती स्थानको प्रवद्र्धन गर्नुपर्नेमा धिरेनले जोड दिए ।

फिल्म ‘मन्जिल’को सुटिङ गर्न दाङ आएका अभिनेता शाक्यले आफ्नो फिल्मको छायांकन वैशाखबाट सुरु गर्ने योजना भए पनि कोभिड त्रासले सर्न सक्ने बताए ।

चलचित्र पत्रकार संघ नेपाल,दाङका सल्लाहकार शरद रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संघ संस्थापक उपाध्यक्ष चेतन रेग्मीले धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव पुर्ण के.सी.मुस्कानले गरेका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  २ : ३५ बजे

झापा–१ मा रास्वपाकी निशा डाँगी विजयी

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर

चितवन–१ मा रास्वपाका हरि ढकाल फराकिलो मतसहित विजयी

काठमाडौं – चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

मध्यपूर्वमा तनाव चर्किँदै, इरानद्वारा इजरायल र अमेरिकी अड्डामा आक्रमणको दाबी

तेहरान – इरानले शनिबार इजरायल तथा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य

रास्वपाको लहरबीच एमालेको किल्ला भत्काए कांग्रेसका सन्दीपले

पाल्पा- पाल्पा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार सन्दीप

हुम्लामा कांग्रेसका रोकाया अग्रता

हुम्ला – हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ