नुन : स्वादसँगै तनाव नियन्त्रण गर्न पनि उपयोगी « Khabarhub

नुन : स्वादसँगै तनाव नियन्त्रण गर्न पनि उपयोगी


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुन बिनाको खानाको कल्पना मात्र गर्दा यसको बेस्वादले मनमा आउँछ । त्यसैले हरेक भान्सामा नुन अनिवार्य रहने गर्दछ । नुनको उपयोगिता भान्सामा खानाको स्वाद बढाउन मात्रा छैन वास्तु शास्त्रमा समेत यसको अहम भुमिका रहेको छ ।

ज्योतिष शास्त्र र वास्तुमा केवल एक चिम्टि नुनका भरमा घरको नकारात्मक उर्जा नष्ट गर्न सकिने मान्यता छ । घरमा भएको नकारात्मक उर्जा नष्ट गर्ने मात्र होइन नुनले सकारात्मक उर्जा समेत बढाउँछ । जसका कारण सुख–समृद्धि आउने, मानसिक शान्ति बनी रहने र पैसाको अभाव नष्ट भएर जाने मान्यता छ । साथै परिवारका सदस्यबीच आपसी माहौल अझ सुमधुर हुने धार्मीक मान्यता छ । यस अलावा नुनको अरु उपादेयीता के छ ?

१. घरमा सकारात्मक ऊर्जाको माहौल बनाउन र नकारात्मकता नष्ट गर्न साथै परिवारका सदस्यबीचको घरझगडाबाट बच्न घरमा पोछा लगाउँदा त्यस पानीमा एक चिम्टि नुन हालेर पोछा लगाउनु होस् । यसले माथिका समस्या नष्ट भएर जानेछ ।

२. घरमा नुन राख्ने भाडाका कारण पनि वास्तुमा गहिरो प्रभाव पर्दछ । नुनलाई कहिल्यै स्टील वा फलामको भाडाँमा राख्नु हुदैँन । नुनलाई हमेशा काँचको भाँडामा वा जारमा राख्नु पर्दछ । यसो गरेमा घरमा सुख शान्ती आउने धार्मीक मान्यता छ । साथै आर्थिक अभावबाट समेत बच्न सकिन्छ ।

३. कैयौं पटक घरमा राहुको प्रभावको कारणले पनि नकारात्मक उर्जा सञ्चार हुने गर्दछ । जसका कारण परिवारका सदस्यहरु बिरामी पर्ने गर्दछन् । यसबाट बच्ने काँचको कचौरामा सिंधे नुनलाई भरेर बाथरूममा राख्नु पर्दछ । यो प्रक्रिया हरेक १५ दिनमा दोहोराइ रहनु पर्दछ । अर्थात नुनलाई १५ दिनको अन्तरालमा बदल्नु पर्दछ ।

४. यदि मानसिक शान्ति प्राप्त भइरहेको छैन, कुनै तनाव बढेको छ वा काममा रुची गएको छैन भने यी समस्याको समाधानमा समेत नुन उपयोगी रहन्छ । यस्ता समस्यामा नुहाउने पानीमा एक चिम्टि नुन हालेर त्यसले नुहाउने गर्नु पर्दछ । साथै रातमा सुत्नु अघि नुनपानीले हातखुट्टा धुनु पर्दछ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  २ : ४६ बजे

दल दर्ता गर्दैमा फागुन २१ को निर्वाचन सुनिश्चित भयो भन्न मिल्दैन: शंकर पोखरेल

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन आयोगमा राजनीति दलहरू

एकताका विषयमा भएका छलफलबारे रास्वपाको सचिवालय बैठकमा ब्रिफिङ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा एकता तथा सहकार्यका लागि विभिन्न व्यक्ति

१३ गतेसम्म अनुदानको रकम नपाए आन्दोलनमा उत्रिने उखु किसानको चेतावनी

काठमाडौँ- नेपाल उखु उत्पादक महासंघले आगामी मंसिर १४ गतेदेखि पुनः

‘डिजिटल हिंसा पनि हिंसा हो’

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो परिवेशमा प्रविधिको

सरकारको प्राथमिकता नै निर्वाचन हो: गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन र सुशासनलाई प्राथमिकतामा राखेर सरकारले