फ्रान्समा एकैदिनमा झण्डै ४२ हजार सङ्क्रमित « Khabarhub

फ्रान्समा एकैदिनमा झण्डै ४२ हजार सङ्क्रमित


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फ्रान्समा कोरोनाभाइरसबाट एकैदिनमा थप झण्डै ४२ हजार जना सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा ४१ हजार ८६९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।

त्यसैगरी अरु ८७९ जनाको कारोनाभाइरसकै कारण मृत्यु भएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ । फ्रान्समा अहिलेसम्म कोरोनाभाइरसबाट ४४ लाख ६५ हजार ९५६ जना सङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्क छ ।

अघिल्लो बर्ष सन् २०२० को जनवरीदेखि अहिलेसम्म फ्रान्समा कोरोनाभाइरसका कारण ९४ हजार २७५ जनाको मृत्यु भएको छ ।

कुल सङ्क्रमितहरुको सङ्ख्याका आधारमा फ्रान्स पाँचौ अग्रस्थानमा रहेको छ । सवैभन्दा बढी अमेरिकामा सङ्क्रमित रहेका छन् भने त्यसपछि क्रमशः ब्राजिल, भारत र रुसमा धेरै सङ्क्रमितहरु रहेका छन् । फ्रान्समा भन्दा पछाडि छैठौ स्थानमा बेलायत रहेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ८ : १५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना