नेपाल र रावललाई कम्तीमा ६ महिना पार्टीबाट निलम्बन गर्नुपर्छ : सूर्य थापा « Khabarhub

नेपाल र रावललाई कम्तीमा ६ महिना पार्टीबाट निलम्बन गर्नुपर्छ : सूर्य थापा


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई कम्तीमा ६ महिना पार्टीबाट निलम्बन गर्नुपर्ने बताएका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका थापाले नेता नेपाल र रावललाई ६–६ महिना निलम्बन गरेर पार्टीको शुद्धीकरण अभियान बढाउनुको विकल्प नभएको बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै थापाले अध्यक्ष ओलीलाई अर्घेलो देखाउन खोज्ने, केन्द्रीय कमिटीका १०औँ, ११औँ र १२औँ बैठकप्रति अनादर, अपमान र अनुचित टिप्पणी गर्ने, समानान्तर गतिविधि गर्ने र बार्गेनिङ गर्ने जस्ता कार्यहरु अब मान्य र स्वीकार्य नहुनेसमेत बताएका छन् ।

प्रेस सल्लाहकार थापाले पार्टी अध्यक्ष र प्रधानमन्त्रीसहित एक दर्जन नेतामाथि कारबाहीको घोषणा गर्ने, समर्थनमा थपडी बजाउने र पार्टी कब्जा गर्ने नियतमा स्वरमा स्वर मिलाउन तछाडमछाड गरेकाहरुले नै अहिले पार्टी एकताका लागि तछाडमछाड गरेको टिप्पणी गरेका छन् । थापाले प्रचण्ड र माधव नेपालका इमान्दार नोकर बनेको भन्दै नेपाल पक्षका सबै नेताहरुमाथि आक्रोश पोखेका छन् ।

पार्टी अध्यक्ष र प्रधानमन्त्रीसहित हामी एक दर्जनमाथि कारबाहीकाे घाेषणा गर्ने, समर्थनमा थपडी बजाउने र पार्टी कब्जा गर्ने…

Posted by Surya Thapa on Friday, March 26, 2021

 

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ७ : ०१ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा