गिजाको रोगको घरेलु उपचार विधि « Khabarhub

गिजाको रोगको घरेलु उपचार विधि


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—     पठानी लोध, प्रियंगुपुष्प, मैनसिल र तेजबल— यिनीहरुलाई महसँग पिसेर लगाउनाले गिजाको रोग ठीक हुन्छ ।

—     मनतातो घीउले कुल्ला गर्नाले गिजाको रोग ठीक हुन्छ ।

—     गिजामा रगतयुक्त पीप निस्कियो भने चिल्लो पदार्थ खानुहोस् र तेलले कुल्ला गर्नुहोस् । यो रोग ठीक हुन्छ ।

— लोध (चिसो ठाउँमा हुने बास्नादार फुल फुल्ने रुख), पतंग (एक प्रकारको ठूलो रुख), महुआ, लाख (एक प्रकारको सानो रातो कीरो) र मौलश्रीको चूर्ण मुखमा दल्नाले गिजाको रोग ठीक हुन्छ (यो रोग हल्लिरहेको दाँतको लागि हो ।)

—     नागरगोथे, हर्रोको बोक्रा, सुठो, खुर्सानी, पीपल, वायुविडङ्ग र नीमका पातहरुको चुर्णको गोली गोमूत्रसँग बनाएर छायाँमा सुकाउनुहोस् । सुत्ने समयमा एक गोली मुखमा राख्नाले हल्लिरहेको दाँतको पीडा हट्नेछ ।

—     दाँतमा कीरा लाग्यो भने हिङलाई तताएर दाँतको बीचमा च्यापेर राख्नुहोस्, यसो गर्नाले दाँतका कृमिहरु मर्नेछन् ।

—     समुद्रझाग, नरकचू, सुठो र अकरकराको चूर्ण दाँतहरुमा लगाउनाले सर्किएको दाँत ठीक हुन्छ ।

—     पाँचवटै नुनहरु, नीलोतुथो, सुठो, खुर्सानी, पीपल, पीपलामुख, माजूफल र वायुविडङ्गलाई पिसेर चूर्ण बनाएर दाँतहरुमा मञ्जन गर्नुहोस् । समस्त रोगहरु हट्नेछन् ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ५ : २४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु