अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको तयारी शुरू « Khabarhub

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको तयारी शुरू


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल (एपी)- अफगानिस्तानमा तैनाथ अमेरिकी र अन्य राष्ट्रका सेनाका प्रमुख कमान्डर जनरल स्कट मिलरले अफगानिस्तानबाट सबै विदेशी सेनाको फिर्ताको अभियान फेरि शुरु भएको बताएका छन् ।

उनले अफगानिस्तानमा रहेका विदेशी सेनाका अखडा र उपकरण पनि अफगानी सेनालाई हस्तान्तरण शुरु भइसकेको जानकारी दिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको निर्णय अनुरुप आफूले सेना फिर्ताको तयारी शुरु गरिसकेको पनि जनरल मिलरले बताए ।

राष्ट्रपति बाइडेनले अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ता गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपति बाइडेनले अफगानिस्तानमा सेना तैनाथ गर्ने कार्य अमेरिकाको तत्काल प्राथमिकतामा नरहेको बताएका थिए । यसै महिनाको शुरुमा राष्ट्रपति बाइडेनले अमेरिकी सेना आगामी सेप्टेम्बर ११ अघि नै अफगानिस्तानबाट स्वदेश फर्काइने घोषणा गरेका थिए ।

अमेरिकाको वर्ल्ड ट्रेड टावरमा अफगानिस्तानमा सक्रिय अल–कायदा समूहले आक्रमण गरेलगत्तै अमेरिकाले अफगानिस्तानमाथि आक्रमण गर्नुका साथै सेना तैनाथ गरेको थियो ।

तालिबानले अफगानिस्तानमा सन् १९९६ देखि २००१ सम्म शासन गरेको थियो । तर, सेप्टेम्बर २००१ मा अमेरिकी आक्रमणपछि तालिबानीको सत्ता पतन भएको थियो ।

सन् २०२० मा तालिबानसँग भएको सम्झौता बमोजिम आगामी मे १ देखि विदेशी सेना फिर्ता हुने पूर्व निर्धारित कार्यसूची रहेको छ ।

जनरल मिलरले सबै अमेरिकी सैनिक फिर्ता भएसँगै विदेशी सेनाका सैन्य अखडाहरु अफगानी रक्षा मन्त्रालय र अफगान सेनालाई हस्तान्तरण गरिने जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ६ : १० बजे

कलाकार बलेमाथि अमेरिकाबाट युवतीले लगाइन् गम्भीर आरोप

काठमाडौं– कलाकार कथा मोडल सागर लम्साल बलेमाथि अमेरिकामा बस्दै आएको

आईपीएल : सनराइजर्स हैदराबादको पहिलो जित, कोलकाता ६५ रनले पराजित

कोलकाता- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौँ – प्रतिनिधि सभाको सभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता

आठ महिनामा विदेश पुगेका नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ – चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी – धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।