भारतमा थप ३ लाख १९ हजारमा संक्रमण, २ हजार ७६४ को मृत्यु « Khabarhub

भारतमा थप ३ लाख १९ हजारमा संक्रमण, २ हजार ७६४ को मृत्यु


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  भारतमा थप ३ लाख १९ हजारमा संक्रमण पुष्टि भएको छ ।

पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार छैटौँ दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ लाख १९ हजार ४३५ जनामा संक्रमण भएको छ ।

यसअघि (सोमबार ) वैशाख १३ मा भारतमा दोस्रो धेरै ३ लाख ५४ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ७६ लाख २५ हजार ७३५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ४५ लाख ४५ हजार ३४२ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २८ लाख ८२ हजार ५१३ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ९७ हजार ८८० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार ७६४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ७ : १० बजे

कलाकार बलेमाथि अमेरिकाबाट युवतीले लगाइन् गम्भीर आरोप

काठमाडौं– कलाकार कथा मोडल सागर लम्साल बलेमाथि अमेरिकामा बस्दै आएको

आईपीएल : सनराइजर्स हैदराबादको पहिलो जित, कोलकाता ६५ रनले पराजित

कोलकाता- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौँ – प्रतिनिधि सभाको सभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता

आठ महिनामा विदेश पुगेका नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ – चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी – धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।