धरान उपमहानगरपालिकाका परीक्षा स्थगित « Khabarhub

धरान उपमहानगरपालिकाका परीक्षा स्थगित


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धरान उपमहानगरपालिको सञ्चालन गर्ने भनेका सबै परीक्षाहरु तत्कालका लागि स्थगित भएका छन् ।

उपमहानगरले सोमाबार विज्ञप्ति जारी गर्दै ५ देखि माथिका कक्षाहरुका मुख्य विषयहरुको परीक्षा आजदेखि सञ्चालन गर्ने जानकारी दिएको थियो ।

सोमबार साँझ बसेको मन्त्री परिषद्को वैठकले देशभरका विद्यालयमा भौतिक पठनपाठन र पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेपछि उपमहानगरले पनि परीक्षा स्थगित गरेको उपमहागरका शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कटुवालले बताए ।

उनले भने,‘मन्त्रीपरिषद्ले निर्णय गरेपछि हामीले पनि लिने भनेको सबै परीक्षा तत्कालको लागि बन्द  गर्ने निर्णय गरेको छौँ ।’

मंगलबार उपमहानगरले विज्ञप्ती जारी गर्दै आजदेखि सञ्चालन गर्ने भनिएको कक्षा ८ लगायतको अन्य सबै कक्षाका वार्षिक परीक्षाहरु अर्को सूचना नआउँदा सम्मको लागि स्थगित गरिएको जनाएको छ ।

विज्ञप्ति मार्फत उपमहानगरले सबै विद्यालयले भर्चुअल तथा वैकल्पिक माध्यमबाट शिक्षण सिकाईलाई जारी राख्न पनि निर्देशन दिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ११ : २५ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर