धरान उपमहानगरपालिकाका परीक्षा स्थगित « Khabarhub

धरान उपमहानगरपालिकाका परीक्षा स्थगित


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धरान उपमहानगरपालिको सञ्चालन गर्ने भनेका सबै परीक्षाहरु तत्कालका लागि स्थगित भएका छन् ।

उपमहानगरले सोमाबार विज्ञप्ति जारी गर्दै ५ देखि माथिका कक्षाहरुका मुख्य विषयहरुको परीक्षा आजदेखि सञ्चालन गर्ने जानकारी दिएको थियो ।

सोमबार साँझ बसेको मन्त्री परिषद्को वैठकले देशभरका विद्यालयमा भौतिक पठनपाठन र पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेपछि उपमहानगरले पनि परीक्षा स्थगित गरेको उपमहागरका शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कटुवालले बताए ।

उनले भने,‘मन्त्रीपरिषद्ले निर्णय गरेपछि हामीले पनि लिने भनेको सबै परीक्षा तत्कालको लागि बन्द  गर्ने निर्णय गरेको छौँ ।’

मंगलबार उपमहानगरले विज्ञप्ती जारी गर्दै आजदेखि सञ्चालन गर्ने भनिएको कक्षा ८ लगायतको अन्य सबै कक्षाका वार्षिक परीक्षाहरु अर्को सूचना नआउँदा सम्मको लागि स्थगित गरिएको जनाएको छ ।

विज्ञप्ति मार्फत उपमहानगरले सबै विद्यालयले भर्चुअल तथा वैकल्पिक माध्यमबाट शिक्षण सिकाईलाई जारी राख्न पनि निर्देशन दिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ११ : २५ बजे

एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै

सडकमा कलम बेच्ने ती बालक, जो पछि करोडौँलाई हँसाउने जोनी लिभर बने

बलिउड सिनेमा उद्योगमा जब कमेडीको चर्चा हुन्छ, सबैभन्दा पहिले सम्झिने

कलाकार बलेमाथि अमेरिकाबाट युवतीले लगाइन् गम्भीर आरोप

काठमाडौं– कलाकार कथा मोडल सागर लम्साल बलेमाथि अमेरिकामा बस्दै आएको

आईपीएल : सनराइजर्स हैदराबादको पहिलो जित, कोलकाता ६५ रनले पराजित

कोलकाता- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौँ – प्रतिनिधि सभाको सभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता