कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशसभाको बैठक स्थगित « Khabarhub

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशसभाको बैठक स्थगित


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ को प्रदेशसभा सचिवालयका तीन जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको छ । सोमबार कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मंगलबारको लागि तय भएको बैठक स्थगित भएको हो ।

मंगलबार बस्ने गरी तय भएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभाका निमित्त सचिव रंजित यादवले जानकारी दिए । उनका अनुसार संक्रमित कर्मचारीको अवस्था समान्य छ । उनीहरूलाई लक्षण देखिएपछि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा स्वाव परिक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो ।

कर्मचारीमा संक्रमण देखिएलगतै प्रदेशसभाका सम्पूर्ण कर्मचारीसहित ६५ जनाको स्वाब परीक्षण गरिएको छ । भोलिसम्म स्वाब दिएका सबैको रिपोर्ट आउने निमित्त सचिव यादवले बताए ।

गएको ३० चैतबाट सुरु भएको प्रदेशभाको पाँचौ अधिवेशनपछि १० वैशाखमा दोस्रो बैठक बसेको थियो । पाँचौ अधिवेशन शुरु भएपछि प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउने प्रक्रिया जारी छ ।

गएको १० गतेको बैठकमा प्रदेशसभा सदस्यहरुले दर्ता गराएको राजधानीसमबन्धी प्रस्तावमाथि छलफल भएको थियो भने अगामी बैठकमा नामकरणसम्बन्धी दर्ता भएको प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ११ : ४५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना