माधवको ‘पातै फरर’ सार्वजनिक « Khabarhub

माधवको ‘पातै फरर’ सार्वजनिक


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्रष्टा माधव केसीको गीति संग्रह ‘पातै फरर’ र त्यसको भिडियो सार्वजनिक भएको छ । राजधानीमा हालै आयोजित कार्यक्रमा लेखक तथा गीतकार अमर वान्तु, गायक तथा संगीतकार कन्हैया सिंह, कलाकार उत्तम केसी, संगीतकार सन्तोष श्रेष्ठ, निर्देशक सुमन दाहाल, व्यवसायी रामजी अवाल, युथ क्रियशनका अध्यक्ष रमेश थापा संग्रह सार्वजनिक गरे ।

गीतकार केसीको गीति संग्रहमा उनले विसं. २०४० देखि अहिलेसम्म संकलन गरेका लोक तथा आधुनिक गरी ८० गीत समावेश छन् ।

गीतकार केसीले विसं २०४० मा आफूले रचना गरेका दुई गीत लोकगायक हरिबहादुर राउतले स्वरांकन गरी रेडियो नेपालमा रेकर्ड गराएको बताए ।

‘पातै फरर’ गीतमा अशोक बराल र सोनिका केसीको स्वर रहेको छ । सन्तोष श्रेष्ठको संगीत र देवेन्द्र नेवाःको संगीत संयोजन रहेको गीतको भिडियोमा हेम प्रभासको निर्देशन छ ।

समिर थोकरको छायांकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन तथा अञ्जु सुनार, हेमा श्रेष्ठ, समिर थोकर र उज्जवल धामीको अभिनय रहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १२ : १५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल