सत्तारुढ एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित « Khabarhub

सत्तारुढ एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– सत्तारुढ दल नेकपा एमालेको अवरोधपछि गण्डकी प्रदेशसभाको बैठक २० मिनेटका लागि स्थगित भएको छ ।

प्रदेश सरकारविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान गर्न बोलाइएको बैठकमा एमाले प्रदेशसभा सदस्य राजीव पहारीले कोरोना महामारीका कारण बैठक सञ्चालन गर्न नहुने माग गर्दै बैठकमा अवरोध गरेका हुन् ।

उनले कोरोनाका कारण सरकारले २५ जनाभन्दा बढि भेला हुन नपाउने निर्देशनात्मक आदेश जारी गरिसकेको अबस्थामा प्रदेशसभामा सांसदसहित २ सयभन्ढा बढि सहभागी भएको भन्दै सभा सञ्चालन नगर्न माग गरे ।

उनले प्रदेशसभा सदस्यहरुको कोरोना परीक्षण नगरी बैठक सञ्चालन गर्न नहुने भनाइ राखेपछि एमाले सांसदहरुले उठेर विरोध गरेका छन् ।

एमाले सांसदहरुको विरोधपछि गण्डकी प्रदेशसभाको बैठक सभामुख नेत्रनाथ अधिकारीले बैठक २० मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १ : ०३ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण