ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण « Khabarhub

ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमणपछि उनी छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना भएका छन् ।

सोमबार गरिएको पीसीआर परीक्षणमा मन्त्री रायमाझी र परिवारका सदस्य तथा सचिवालयका केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्री रायमाझीको स्वास्थ्य अवस्था सामान्य रहेको रहेको उनको सचिवालयले जनाएको छ । मन्त्री रायमाझीको सावधानीका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको स्वकीय सचिव लीला जीसीले जानकारी दिए ।

उनले भने, ‘सोमबार मन्त्रीज्यू, उहाँको परिवार र सचिवालयका केही सदस्यले स्वाबको नमुना परीक्षणका लागि दिनु भएको थियो । मन्त्रीज्यू, परिवार र सचिवालयका केही सदस्यलाई कोरोना पुष्टि भएको छ ।’

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १ : ५५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना