विना निष्कर्ष टुंगियो जसपा शीर्ष नेताको बैठक | Khabarhub Khabarhub

विना निष्कर्ष टुंगियो जसपा शीर्ष नेताको बैठक


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताको बैठक विना निष्कर्ष टुंगिएको छ । सरकारविरुद्ध कांग्रेस र माओवादी मिलेर ल्याउन लागेको अविश्वासको प्रस्तावमा समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय बैठक बसे पनि आजको बैठकले कुनै निर्णय गरेन ।

बैठकमा सहभागी एक नेताका अनुसार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भएको छलफलबाट कुनै निष्कर्ष निस्किएन । पार्टीका शीर्ष नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ बैठकमा सहभागी थिए ।

हाल जसपाका ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा छन् । यस क्रममा उनीहरुले विभिन्न चरणमा सरकारसँग वार्ता गरिसकेका छन् ।

तर, जसपाका अर्का दुई नेता यादव र भट्टराई भने सरकारमा जानुहुन्न र ओलीविरूद्ध अविश्वास प्रस्ताव अगाडि बढाउनुपर्छ भन्ने पक्षमा छन् । जसपाको अनिर्णयका कारण सरकारविरुद्ध तत्काल अविश्वासको प्रस्ताव नआउने भएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  २ : ३९ बजे

विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी

पाल्पा- पाल्पाकाे रामपुर नगरपालिका–५ मटेरीस्थित रामपुर आधारभूत विद्यालयका विद्यार्थीले अष्टनाग

पहलगम आक्रमणका योजनाकार मारिए

श्री नगर – पहलगम आक्रमण भएको तीन महिनापछि आर्मीको पारा

भेरी नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

सुर्खेत– भेरी नदीमा पानीको सतह बढेको छ । भेरी नगरपालिका–१

अमेरिकामा बन्दुकधारीको आक्रमण : एक प्रहरीसहित चार जनाको मृत्यु

न्युयोर्क – अमेरिकाको न्युयोर्कमा रहेको एक गगनचुम्बी महलमा भर्खरै भएको

काठमाडौंको नागपोखरीमा नागकाे पूजा (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी